Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

सुन्दरपानी र गोदक सेमीफाइनल प्रवेश

सुन्दरपानी र गोदक सेमीफाइनल प्रवेश

  • सन्देश सम्वाददाता
  • सोमबार, पौस ७ २०७६


सुन्दरपानी र गोदक सेमीफाइनल प्रवेश

फिक्कल । सूर्योदय नगरपालिका–११ केराबरीमा जारी साकेला रनिङकप २०७६ मा जनता भेनस सुन्दरपानी र गोदक सेमीफाइनलमा प्रवेश गरेका छन् । आज भएको क्वाटरफाइनल खेलमा क्रोक्रोडाइल बाङ्गीनलाई ५–१ गोल अन्तरले हराउँदै सुन्दरपानी सेमीफाइनल पुग्ने पहिलो टिम बनेको हो । त्यसैगरी दोश्रो क्वाटरफाइनल खेलमा मोक्ष गोदकले एमएफसी पान्दामलाई ४–१ गोल अन्तरले हराउँदै सेमीफाइनलमा स्थान सुरक्षित गरेको छ ।
क्वाटरफाइनलका बाँकी २ खेल मंगलबार हुनेछ । जस अन्र्तगत तेश्रो क्वाटरफाइनलमा तीनघरे युवा क्लब र फिक्कल हाटबजार तथा रोङ खेलकुद विकास समिति र जनता सेभेन सुन्दरपानी बिच हुनेछ । निहारिका पार्टनर स्र्पोटिङ क्लबको आयोजनामा केराबारी आधारभुत विद्यालयको खेलमैदानमा जारी प्रतियोगितामा इलामका ३२ टिमको सहभागीता रहेको थियो । प्रतियोगिताको बिजेता टिमले नगद ६० हजारका साथै शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल पुष १२ गते हुनेछ ।
त्यसैगरी दोश्रो हुनेले नगद ४० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिले जनाएको छ । व्यक्तिगत विद्या तर्फका उत्कृष्टलाई नगद २ हजारका दरले प्रदान गरिने आयोजक समितिका प्रचार संयोजक विवेक राईले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार