Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इनपामा ६ महिने कम्प्युटर तालिम सुरु

इनपामा ६ महिने कम्प्युटर तालिम सुरु

  • सन्देश सम्वाददाता
  • शुक्रबार, पौस ४ २०७६


इनपामा ६ महिने कम्प्युटर तालिम सुरु

इलाम । इलाम नगरपालिका वडा नं ९ मा ६ महिने कम्प्युटर तालिमको आज उदघाटन भएको छ । नगरपालिकाको आयोजनामा व्यवसायिक सीप विकास तालिम केन्द्र झापाको सहयोगमा तालिम सुरु गर्न लागिएको हो । तालिम इलामका नगर प्रमुख महेश बस्नेतले उद्धघाटन गरे । ७१ जनाको आवेदन परेकोमा ४० जना युवालाई मात्र दिइने तालिममा वडाको सहयोगमा थप २२ जना गरि जम्मा ६२ जना युवाहरूलाई  प्रदान गर्न लागेको हो ।
सोहि कार्यक्रमको अवसर पारेर आजै वडा युवा क्लव वडा नं ९ ले वडालाई राष्ट्रिय गानको फ्लेक्स वोर्ड हस्तान्तरण गरेको छ । क्लवका अध्यक्ष डुवर्स थापाले वडाले युवाको खेलकुद कार्यक्रममा गरेको सहयोगबाट बचेको नगदबाट उक्त वोर्ड खरिद गरि प्रदान गरिएको वताए । वडाध्यक्ष श्याम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य शेर बा खडका, प्रशिक्षक पिताम्वर अघिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार