चुलाचुली : इलामको चुलाचुलीमा जारी चुलाचुली अध्यक्ष लिग फुटबल अन्तर्गत आज भएको खेलमा वडा न ३ विजयी भएको छ । चुलाचुली २ स्थित पञ्चकन्या माविको खेल मैदानमा भएको खेलमा वडा न १ लाई १–० गोल अन्तरले पराजित गर्दै वडा न ३ ले जित हासिल गरेको हो । जित संगै वडा नं ३ ले लिगमा ३ अंक सुरक्षित गर्न सफल भएको छ । मध्यान्तरपछिको १२ औ मिनेटमा प्रविन राईले गरेको गोल नै खेलको निर्णायक बन्यो । भोली वडा न २ र वडा न ६ विच प्रतिस्पर्धा हुने आयोजक चुलाचुली खेलकुद विकास समिती संयोजक राम प्रसाद राईले जानकारी दिए । खेल मध्यान्ह ३ बजेबाट सुरु हुने छ ।
त्यसैगरी, महिलातर्फको खेल भने पौष ९ गतेबाट सुरु हुने बताईएको छ । पुरुष तर्फको फाइनल खेल पुष १५ र महिला तर्फको पुष १४ गते हुनेछ । पुरुषतर्फको प्रथम टोलीलाई नगद रु ५० हजार रुपौँया र दोस्रो हुने टोलीलाई नगद रु ३० हजार रुपैया सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । महिला तर्फको खेलमा प्रथम हुने टोलीलाई नगद रु २० हजार र दोस्रो हुने टोलीलाई नगद रु १० हजार रुपैया मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत पुरस्कारको समेत व्यवस्था गरिएको छ । १३ दिवसीय खेलकुद कार्यक्रमको कुल लागत अनुमान रु ५ लाख रुपौयाँ रहेको जनाइएको छ । सो सम्पुर्ण लागत खर्च गाउँपालिकाले नै व्यर्होने जनाइएको छ ।