Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

उत्पीडितहरुले परिवर्तन महसुस नगरेसम्म क्रान्ति अधुरै रहन्छ : समाजवादी नेता राई

उत्पीडितहरुले परिवर्तन महसुस नगरेसम्म क्रान्ति अधुरै रहन्छ : समाजवादी नेता राई

  • सन्देश सम्वाददाता
  • शुक्रबार, पौस ४ २०७६


उत्पीडितहरुले परिवर्तन महसुस नगरेसम्म क्रान्ति अधुरै रहन्छ : समाजवादी नेता राई

इलाम । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले उत्पिडितहरुले परिर्वतन महसुस नगरेसम्म क्रान्ति सफल नहुने बताएका छन् । उनले नेपाली समाजमा राजनितिक क्रान्ति अझै पुरा नभएको बताउँदै भने नेपाली समाजमा क्रान्तिको कार्यभार अझै पूरा भएको छैन । जबसम्म उत्पीडितहरुले परिवर्तनको महसुस गर्दैनन्, तबसम्म क्रान्ति अधुरै रहन्छ । अब आम उत्पीडितहरुसम्म परिवर्तनको महसुस पु¥याउने काम समाजवादी पार्टीले गर्नेछ ।’
अन्य दलहरुले राजनीति क्रान्ति समाप्त भएको भन्दै आर्थिक क्रान्तिको कुरा गरिरहेका बेला वरिष्ठ नेता राईले राजनीतिक क्रान्ति नै बाँकी रहेको दोहो¥याए । ‘आदिवासी, बिपन्न, महिला, दलित, मधेसी, मुस्लिम एवम् उत्पीडितहरुले अझै परिवर्तनको महसुस गरेका छैनन्’ राईले भने, । समुन्नत संघीय समाजवादलाई मार्ग दर्शन मानेर पार्टी अगाडी बढेको बताउँदै वरिष्ठ नेता राईले पहिचान सहितको संघीयता, सुशासन र सदाचार सहितको शासन व्यवस्था, गरिवी र बेरोजगारी अन्त्य भएको समृद्धि र न्यायपूर्ण समाजवाद आफ्नो पार्टीको लक्ष्य भएको बताए ।
संविधान संसोधन गर्न आफूहरु सरकारमा सहभागी भएको उल्लेख गर्दै माग पुरा नभए समाजवादी पार्टी सरकारबाट बाहिरिने चेतावनी दिए । ‘चाँडै सरकार र नेकपासँग अन्तिमपटक वार्ता गरिनेछ । संविधान संसोधन गर्न तयार नभए सरकारबाट बाहिरिने छौ ।’ राईले भने । फरक प्रसंगमा बोल्दै राईले नेकपाको अहिलेको शक्ति सधैं कायम नरहने दावी गरे । ‘नेपालमा राणाहरुले पनि सधैं राज गर्छु भन्ने ठानेका थिए । पछि राजाले पनि त्यही सोचेको थियो । तर उनीहरुको हालत के भयो सबैलाई थाहा छ’ उनले भने, ‘अहिले नेकपालाई पनि त्यस्तै लागेको होला । तर त्यो सम्भव छैन । जनताले सधैं परिवर्तन खोजिरहेको हुन्छ ।’
उनले पहिचान र अधिकार प्राप्तिका लागि शक्तिको आवश्यक पर्ने भन्दै शक्ति निर्माणमा लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । कार्यक्रममा समाजवादी पार्टीका उपाध्यक्ष युवराज कार्कीले राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा र राजपा नेपालबीच भएको सहमति उनीहश्रको हतासको मनस्थितीको उपजको संज्ञा दिए । ‘समाजवादी पार्टीप्रति जनताको आकर्षण बढ्दो छ । त्यही आकर्षणबाट आत्तिएर नेकपा र राजपाले तालमेलको सहमति गरेका हुन्’ उपाध्यक्ष कार्कीले भने ।
समाजवादी पार्टीका सचिव पशुराम बस्नेताले पहिचान विना संघीय गणतन्त्र संंस्थागत हुन नसक्ने दावी गरे । नेपाल विविधताको प्रतिक रहेको उल्लेख गर्दै बस्नेतले विधितालाई सम्बोधन गर्न पहिचानको मुद्धालाई अनिवार्य सम्बोधन गर्नुपर्नेमा जोड दिए । त्यस्तै केन्द्रीय सदस्य तथा प्रदेश १ का अध्यक्ष प्रविण चाम्लिङले मुलुक कृषि उत्पादनमा आत्मनिर्भर नभएसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा नारामा मात्र सीमित हुने दावी गरे । कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश १ का सांसद जयराम यादव, केन्द्रीय सदस्य मित्र चापागाई, प्रेस नेपालका उपाध्यक्ष कमन देवान, समाजवादी पार्टीका इलाम अध्यक्ष कमल चाम्लिङ, समाजवादी विद्यार्थी युनियन केन्द्रीय सदस्य सन्जय राई, समाजवादी महिला संघ इलामकी अध्यक्ष बिनु राईले सम्बोधन गरेका थिए ।
संस्थापक अध्यक्ष गुरुङलाई सम्मान
कार्यक्रममा समाजवादी पार्टी इलाम नगरका संस्थापक अध्यक्ष टेकबहादुर गुरुङलाई सम्मान गरिएको छ । इलामको सन्दकपुर गाउँपालिका ३ मा जन्मिएका गुरुङ २०६९ मा तत्कालीन संघीय समाजवादी पार्टीका इलाम नगर अध्यक्ष हुन । ७४ वर्षीय गुरुङ वृद्ध उमेरमा समेत निरन्तर रुपमा पार्टीको काममा सक्रिया रहेको भन्दै उनलाई सम्मान गरिएको समाजवादी पार्टीले जनाएको छ । उनलाई प्रमुख अतिथी समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई र उपाध्यक्ष युवराज कार्कीले नेपाली ढाका टोपी ओढाएर र सम्मानपत्र प्रदान गरि सम्मान गरेका हुन् ।
समाजवादी पार्टी नगर अध्यक्ष्मा मगर
समाजवादी पार्टी इलाम नगर समिती अध्यक्ष गोपाल सोराली मगर चयन भएका छन् । पूर्व संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबीच समायोजनबाट मगर अध्यक्षमा चयन भएका हुन् ।
बिहिवार इलाममा समायोजन घोषणासभा गरि मगरको अध्यक्षतामा २१ सदस्यीय नयाँ नगर समिती घोषणा गरिएको छ । समितिको उपाध्यक्षमा पन्चबहादुर येक्तेन र चतुरमान फियाक, सचिवमा दोर्जे तामाङ, सहसचिवमा दिपेश फागो र कोषाध्यक्षमा सनमाया तामाङ चयन भएका छन् । सदस्यहरुमा मदनकुमार राई, मनकुमार राई, भगिरथ कट्टेल, प्रेम जिमी, सुकविर लिम्बू, उमेश गुरुङ, सन्तबहादुर रम्तेल, सरिता, श्यामकुमारी तामाङ, हरि तामाङ, फाल्गु फेवादिन, तारा राई, विजय कार्की, खेम नेम्बाङ, छेतिन शेर्पा चयन भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार