पाँचथर । खानेपानीको तिब्र अभावले अधिक जनसंख्या बसाई सर्ने क्षेत्रमध्ये पाँचथरको तुम्मेवा र कुम्बायक गाउँपालिका हुन् । पानीका मुहानहरु सुक्ने र खाध्यबाली उत्पादनमै ह्रास आएपछि वर्षौदेखि बसेको थाकथलो छोड्न धेरै परिवारले बाध्य हुनु परिरहेको थियो । एक पछि अर्को गर्दै खानेपानी अभावले सबै सम्पत्ति छोडेर हिड्नेको संख्या थपिएसँगै जिल्लाको केन्द्र रहेको सदरमुकाम हुँदै प्रदेश सरकार र संघीय सरकारको ध्यान कुम्बायक र तुम्मेवा गाउँपालिकातरि तानियो ।

पाँचथर जिल्लाको कुल जनसंख्यामध्ये १० प्रतिशत जनसंख्याको बसोबास कुम्बायक र तुम्मेवा गाउँपालिकामा रहेको छ । खानेपानीको हाहाकारले दिनानुदिन बसाइसराई बढेपछि राजनीतिक दल नागरिक समुदाय र सर्वसाधारण पानी खोज्दै सरकारको ढोकासम्म पुगे । फलस्वरुप संघीय सरकारले जवित प्राणिको शरिरमा अत्यावश्यक तत्व पानि जनताको घरदैलोमा पुर्याउने कामको थालनी गर्यो । पानीको मुहान नजिक नहुने अतिनै सुख्खा क्षेत्रमा पानीको व्यवस्थानको गर्न सरकारले सुख्खा क्षेत्र आयोजनाकै आवश्यकता महसुस गरि काम स्थापना गर्यो ।

नेपाल सरकारले करीब एक अर्ब रुपैयाँ लगानी गरेर पाँचथरको सुख्खाग्रस्त क्षेत्रका २२ हजार स्थानीयवासीलाई खानेपानीको सुविधा उपलब्ध गराउन लागेको छ । आर्थिक वर्ष २०७०÷०७१ मा स्थापना गरिएको सुख्खा क्षेत्र आयोजनाले पहिलो चरणमै पाँचथरको यासोक र आङ्ना मौवा सुख्खा क्षेत्र खानेपानी आयोजना छनौट भएको थियो । छनौट भएका आयोजनाहरु मध्ये आसोक सुख्खाग्रस्त खानेपानी आयोजना आर्थिक वर्ष २०७२÷०७३ बाट कार्यान्वयनमा आएको थियो भने आङ्ना मौवा खानेपानी आयोजना आर्थिक वर्ष २०७३÷०७४ मा कार्यान्वयन भइ काम भइरहेको छ ।

सुख्खा क्षेत्र आयोजना मार्फत पाँचथरको कुम्मायक र तुम्बेवा गाउँपालिकाका सात वटा वडाका २२ हजार बढी जनसंख्यालाई खानेपानीको सुविधा उपलब्ध गराउने काम भइरहेको छ । विशाल तमोर नदीको किनारमा मुहान बनाइ पप्पको माध्यमबाट बस्तिमा पु¥याउनु नेपालका लागि नयाँ र जटिल प्रकृतिको आयोजना भएपनि अहिले धमाधम काम भइरहेको छ ।

सुख्खा क्षेत्र आयोजना लिफ्टिङ तथा पम्पिङ प्रणालीका खानेपानी आयोजनाहरु हुन् । पानीका मुहानहरु सुक्दै गएपछि खानेपानीको चर्को अभाव झेल्दै आएको जनताको समस्या समाधानका लागि यासोक र आङ्ना मौवा क्षेत्र खानेपानी आयोजना देशको पछिल्लो संरचना अनुसार संघीय खानेपानी तथा सरसफाई आयोजना इलामले काम गरिरहेको छ ।

यासोक सुख्खाग्रस्त खानेपानी आयोजनाको निर्माण कार्य २०७२ पुस १६ गतेदेखि शुरु भएको हो । यो आयोजनालाई प्रसारण लाइन र वितरण लाइन गरी दुई खण्डमा विभाजन गरेर काम अघि बढाइ अहिले रिर्जभ ट्याङ्किसम्म पानी तान्ने काम पनि सफल भएको छ । सम्झौता अनुसार प्रसारण लाइन निर्माणको कार्य २०७४ पुस १५ गतेभित्र सम्पन्न गरिनुपर्ने भएपनि नयाँ आयोजना र जटिल कामले गर्दा म्याद थप गरिएको थियो ।

मुहानसम्म जोड्ने कच्चि सडकको पहुँच समावेश नहुँदा र मुहान यकिनको ढिलाईले शुरुवाती चरणमा असजिला महसुस भएपनि अहिले यो आयोजनाको काम अन्तिम चरणमा रहेको छ । यासोक आयोजनाबाट कुम्मायक गाउँपालिकाका वडा नं १, ३, ४ र ५ का ३ हजार ४३ परिवारका १३ हजार आठ सय ४० जना लाभान्वित हुनेछन् । सन् २०३० सम्ममा १७ हजार १ एक सय ३२ जनसंख्यामा वितरण गर्ने लक्ष्य यो आयोजनाको छ ।
तमोर नदीको लोरिपा दोभानमा इनार निर्माण गरि विद्युतीय पम्पिङ प्रविधिबाट सात वटा लिफ्ट ट्याङ्कीको सहायताले एक हजार ६ सय ८७ मिटर उचाइमा पानी
र जनतामा घरमा वितरण गरिनेछ । करिब १७ किलोमिटर ४८ मिटर लामो प्रसारण लाइनबाट तमोर नदीको पानी यासोक बजार छेउको थापागाउँसम्म पु¥याएर जनताका घरमा वितरणको काम गरिनेछ । नदीको सतहदेखि सात वटै लिफ्टसम्म सडक र विद्युतको पहुँच र्पुयाइएको छ भने यहाँ चौकीदार र भवनको समेत व्यवस्था हुनेछ । प्रेरा स्वामी नारायण जेभी ललितपुरले प्रसारण लाइन निर्माणको काम सम्पन्न गरिसकेको छ ।
आयोजनाको वितरण लाइनमध्ये ६ हजार ५ सय ४५ मिटरमा डी आई पाइप१७ हजार ३ सय ४ मिटरमा जिआई पाइप र १ लाख ८६ हजार ६६७ मिटरमा एच डि पी पाईपको प्रयोग गरेपछि उपभोक्ताको घरमा खानेपानी पुग्नेछ ।
नयाँ प्रयोग, नेपालका लागी फरक प्रविधि र जटिल भुगोलका बिचपनि खानेपानी आयोजनाको काम तिब्र गतिमा भएपछि उपभोक्ता पनि उत्साहित छन् । पानी नपाएर घरबारै छोड्नुपर्ने अवस्थालाई रोक्ने एक मात्रै उपायाका रुपमा तमोर लिप्टिङ आयोजनालाई सफल बनाउनुपर्ने भएकाले उपभोक्ता र उपभोक्ता समितिका सदस्यदेखि पदाधिकारी तिब्र रुपमा काम गरिरहेका छन् । साविकका यासोक, स्याबरुम्बा र रानीगाउँ गाविस समेटिएको यो आयोजनाको क्षेत्रलाई सरकारले ०६८ सालमा सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । सुख्खाग्रस्त क्षेत्र घोषणा भएको कुम्बायक गाउँपालिकाको क्षेत्रलाई खानेपानीको व्यवस्था गरि बसाईसराई रोक्नका लागि स्थानीय सरकारहरुको पहिलो दायित्व रहेकाले जनप्रतिधिहरु खानेपानी आयोजना सम्पन्न गर्न सहयोगीको भुमिकामा रहेका छन् । 
सुख्खाग्रस्त क्षेत्र घोषणा भएको पाँचथरको साविकका आङ्ना र मौवा गाविसमा खानेपानीको व्यवस्था गर्न आङ्ना मौवा क्षेत्र खानेपानी आयोजना निर्माणाधिन छ । तुम्बेवा गाँउपालिकाको वडा नं १, २ र ३ का १ हजार ६ सय घरधुरीका ८ हजार २ सय ३० जनसंख्याको घरमा खानेपानी पु¥याउनु यस आयोजनाको मुख्य उदेश्य हो । आयोजना निर्माणपछि सन् २०३० सम्ममा यस क्षेत्रको जनसंख्या १० हजार १ सय ७६ पुग्नेछ । नेपाल सरकारसँग आयोजना निर्माणका लागि कन्काई–प्रेरा जेभीको २०७३ असार २५ गते निर्माण सम्झौता भई २०७६ पुस २५ गतेसम्ममा निर्माण कार्य सम्पन्न गर्नुपर्ने हुन्छ ।

तरोम नदीको किनाराबाट पानी संकलन गरि आयोजनाको प्रसारण लाइनमा सात वटा लिफ्ट ट्याङ्की सात वटै अपरेटिङ घर निर्माण गरि विद्युतीय पम्पिङ प्रविधिबाट एक ट्याङ्कीबाट अर्को ट्याङ्कीसम्म पानी पुर्याइनेछ । तमोर नदीबाट मौवा बजार छेउसम्मको प्रसारण लाइन ७ हजार २ सय ९५ मिटर लामो क्षेत्रमा १सय ५० मिलिमिटरको स्टिल सिमलेस पाइप प्रयोग हुनेछ ।
आयोजनाले एक लाख २१ हजार ८ सय ९१ मिटर लामो वितरण पाइप लाइन निर्माण हुनेछ । जसका लागि उपभोक्ताको जनमश्रमदान तिब्र रुपमा भइरहको छ । उपभोक्ताको काममा सहयोग गर्न स्थानीय सरकारले तुम्मेवा गाउँपालिकाले नजिकबाट अनुगमनसँग आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ । यो आयोजनाको अहिले लिफ्टिङ रिजर्भ ट्याङ्कीहरुको निर्माण कार्य तिब्र रुपमा भई अन्तिम चरणमा पुग्नुका साथै प्रसारण लाईन निर्माणको कामले तिब्रता पाएपछि उपभोक्ताहरु सुद्ध खानेपानी पाउनेमा ढुक्क रहेका छन् ।

नयाँ प्रविधि र नेपालका लागि बिलुकलै नयाँ प्रकृतिका अयोजनाकासँग बढ्दो बसाइँ सराइलाई तत्कालै रोक्नुपर्ने जिम्मेवारी कठिन जिम्मेवारी छ । बसाइँ सराइ रोक्ने मुख्य उद्देश्यका साथ झण्डै डेढ अर्ब रुपैयाँको लगानीमा खानेपानी आयोजनाहरु निर्माणपछि नियमित संचालनको अर्को कठिन काम भएकाले स्थानीय सरकारहरु अहिलेदेखिनै सचेत हुन थालेका छन् ।

खानेपानीको आयोजनाको मुख्य उदेश्य बसाइँ सराइ रोक्न तथा बसाइँ सरेर अन्यत्र गएका स्थानीयवासीलाई फर्काउने काममा यी आयोजनाहरुले काम गर्नेमा स्थानीय सरकारका प्रमुखहरुसँगै जनतापछि आशाबादी रहेका छन् । सुख्खा क्षेत्रमा पानी पुर्याएर तिर्खाएका मानिसहरुको प्यास मेटाउने काममा निर्माणाधिन आयोजनाको कामको गतिले पनि जनता सुद्ध खानेपानी पाउनेमा आसावादी देखिन्छन् ।