Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा छायाँकन गरिएको ‘म यस्तो गीत गाउँछु २’ को गित ‘तिम्रो घरको वरिपरी’ को भिडियो सार्वजनिक

इलाममा छायाँकन गरिएको ‘म यस्तो गीत गाउँछु २’ को गित ‘तिम्रो घरको वरिपरी’ को भिडियो सार्वजनिक

  • सन्देश सम्वाददाता
  • बिहिबार, मंसिर २६ २०७६


इलाममा छायाँकन गरिएको ‘म यस्तो गीत गाउँछु २’ को गित ‘तिम्रो घरको वरिपरी’ को भिडियो सार्वजनिक

इलाम । सुदर्शनको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को पहिलो गीत सार्वजनिक भएको छ । ‘तिम्रो घरको वरिपरी’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ । यो गीतको अडियो कर्णप्रिय छ । ‘प्रेमगीत, म यस्तो गीत गाउँछु’मा जस्तै संगीतकार अर्जुन पोखरेल र निर्देशक सुर्दशन थापाको टिमअप यसमा पनि गज्जबको देखिएको छ ।
गीतको भाव अनुसार भिडियो पनि तयार पारिएको छ । भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । सौरभ लामाको छायांकन रहेको भिडियोमा चलचित्रका मुख्य कलाकार नायिका पूजा शर्मा र नायक पल शाहलाई फिचरिङ गरिएको छ । पल र पूजाको जोडीलाई दर्शकले ‘म यस्तो गीत गाउँछु’मा रुचाइसकेका छन् ।
भिडियोको छायांकन विभिन्न ५ वटा लोकेशनमा गरिएको छ । भिडियोलाई लोकेशन, कलाकारको ड्रेसअप र रामजीको कोरियोग्राफीले उत्कृष्ट बनाएको छ ।
शिवम अधिकारी र दिनेश न्यौपानेले लेखेको यो चलचित्रमा दिनेश डीसी, हरिहर शर्मा लगायतका कलाकारको पनि मुख्य भूमिका छ । यो गीतको छायांकन करिब ७ दिन लगाएर नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थानमा गरिएको छ ।
सुदर्शन थापा र पूजा शर्मा निर्माता रहेको चलचित्रमा जन्मजय साम्पाङ राई सह–निर्माताको रुपमा छन् । रीच इन्टरटेन्मेन्ट र जीजीए ग्रुपले काठमाण्डौ र एफडी कम्पनीले काठमाण्डौ बाहिर चलचित्रको वितरण गर्नेछ । सांगीतिक प्रेम कथामा तयार भएको यो चलचित्रमा सुरज आचार्य र सुदिप ढकाल निर्माण नियन्त्रकको रुपमा छन् । चलचित्रको स्थानिय व्यवस्थापकको रुपमा केवल तामाङ र हरि गुरुङ छन् । यो चलचित्र फागूणको २३ गतेबाट नेपालभर रिलिज हुनेछ

प्रतिक्रिया
सम्बन्धित समाचार