Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

थाक्लेको श्री कृष्ण माविमा अनुगमन

थाक्लेको श्री कृष्ण माविमा अनुगमन

  • लोकल सन्देश
  • सोमबार, मंसिर २३ २०७६


थाक्लेको श्री कृष्ण माविमा अनुगमन

माई :  इलामकाे माई नगरपालिका–५ थाक्लेमा रहेको श्री कृष्ण माध्यमिक विद्यालयमा अनुगमन गरिएको छ । नगरपालिकाका प्रशासकिय अधिकृत नविन पौडेलको नेतृत्वमा गएको टोलीले विद्यालयको अनुगमन गर्दा विद्यालयमा उपस्थित हुने विद्यार्थीहरुको संख्या कम पाएको छ । कक्षा ५ सम्म अंग्रेजी माध्यममा अध्यापन हुने विद्यालयमा दैनिक उपस्थिती हुनेको संख्यामा न्युन देखिएको पौडेलले बताए ।
विद्यालय भौतिक पुर्वाधार सम्पन्न भएपनि पहिरोका कारण विद्यालयको भवन जोखिममा रहेको पाइएको छ । विद्यालयका प्रधानाध्यापक महेश शाहले मावि शिक्षक दरवन्दी न्युन भएकाले निम्न माध्यमिक तहका शिक्षकहरुबाट जेनतेनले धान्नुपरेको गुनासो राखे ।
विद्यालयमा १२० जना विद्यार्थीहरु भर्ना भएपनि थोरै संख्यामा मात्र दैनिक विद्यालय आउने गरेको शाहको भनाई छ । शिक्षकहरुको विद्यालय नियमितता जाँच गर्नका लागी विद्युतिय मेसिन जडान पछि सुशासन कायम भएको पाइएको पौडेलले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार