Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

उपचार खर्चको अभावमा खोरमा माईजोगमाईका सन्तोष

उपचार खर्चको अभावमा खोरमा माईजोगमाईका सन्तोष

  • सन्देश सम्वाददाता
  • सोमबार, मंसिर २३ २०७६


उपचार खर्चको अभावमा खोरमा माईजोगमाईका सन्तोष

नयाँबजार । इलामको माईजोगमाई गाउँपालिका वडा नम्बर ६ थुम्के डाँडाका सन्तोष कठेत उपचार खर्चको अभावमा खोरमा थुनिएका छन । मानसिक सन्तुलन गुमाएका ३४ बर्षे अबिबाहित सन्तोषलाई आफन्तले केहि दिन अघि देखि खोरमा थुनेर राखेका हुन् । न्यूरो अस्पताल, भारतको राची लगायतका स्थानमा उपचारमा लगेर आफन्तले पाँच लाख बढी खर्च गर्दा पनि सन्तोषको अवस्था ठिक नभए पछि उनलाई खोरमा थुनिएको आफन्तले बताएका छन ।
कपडा नलगाउने , जे भेटायो उसैले हिर्काउने जस्ता अस्वभाविक क्रियाकलाप गर्न थाले पछि उनलाई बाध्य भएर खोरमा राख्नु परेको उनका भाई मनकुमार कठेतले बताए । उनले भने ‘मान्छे देख्नै हुँदैन ढुंगाले हानी हाल्ने गर्न थाले पछि बुढाबुढी र केटाकेटी असुरक्षित भए, अनि उनलाई नै पनि जोगाउन नसकेर सुरक्षाका लागि यहा राखेका छौ । ’
बुबा आमा संग बस्दै आएका सन्तोषको केहि समय अघि देखि मानसिक सन्तुलन ठिक छैन । अहिले थुम्केको चिसो ठाँउमा गोठमा राखीएका सन्तोषले आफनो नाम थर राम्री भन्न सक्छन् । थुम्केमा गाई गोठ पालेर बसेका उनको परिवारको आर्थिक अवस्था कमजोर भए पछि उनलाई खोरमा राख्नु परेको बताईएको छ ।
उनका आफन्तले सन्तोषको उपचारमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन । यता माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले उनको उपचारमा गाउँपालिकाले सहयोग गर्ने बताएका छन् । अध्यक्ष राईले भने ‘ उनको अवस्था र गाउँपालिकाको कार्यबिधि हेरेर उपचारका लागि पहल गर्छौ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार