Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

अनुको किर्तिमान तोड्दै सावित्रा सर्वाधिक गोलकर्ता

अनुको किर्तिमान तोड्दै सावित्रा सर्वाधिक गोलकर्ता

  • नमीन ढकाल
  • बिहिबार, मंसिर १९ २०७६


अनुको किर्तिमान तोड्दै सावित्रा सर्वाधिक गोलकर्ता

इलाम । नेपाली महिला राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले सबैभन्दा बढी गोल गर्ने पुर्व कप्तान अनु लामाको किर्तिमान तोडेकी छन् । उनले राष्ट्रिय टोलीका लागी ३६ क्याप जित्दै अनुको ३५ गोलको किर्तिमान तोडेकी हुन् । पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला फुटबलमा माल्दिभ्सविरुद्ध १८ औ मिनेटमा पहिलो गोल गर्दै सावित्राले किर्तिमान आफनो नाममा गरेकी हुन् । उनले नादेझ्दा कप अन्र्तगत फाइनलमा उज्वेकिस्तान विरुद्ध २ गोल गर्दै अनुको किर्तिमान बराबरी गरेकी थिइन । माल्दिभ्स विरुद्ध सावित्राले २२ औं मिनेटमा दोश्रो गोल थपेपछि उनको नाममा ३७ गोल पुगेको छ ।
२०१४ को साफमा भुटान विरुद्ध ८८ औ मिनेटमा उनले डेव्यु गोल गरेकी थिइन् । सावित्राले साफ च्याम्पियनसिपको ३ संस्करणमा मात्रै १७ गोल गरेकी छिन । त्यसैगरी २ संस्करणको सागमा ४ गोल गरेकी छन् । सावित्राले गत चैत्रमा सम्पन्न पाँचौ साफमा पुर्व कप्तान जमुना गुरुङको २५ गोलको किर्तिमान उनकै गृह जिल्ला मोरङमा तोडेकी थिइन् । सेमीफाइनलमा श्रीलंका विरुद्ध गोल गरेपछि सावित्राको किर्तिमान जमुनासँग बराबरी भएको थियो । तर फाइनलमा भारत विरुद्ध सान्तावना गोलसँगै जमुनाको किर्तिमान गृह जिल्लामा नै तोडियो । त्यस यता सावित्राले ओलम्पिक छनौटमा २ गोल, नादेझदा कपमा ७ गोल गरेपछि अनुसँगको र्कितिमानमा समेत बराबरी भएको थियो ।
नेपाली पुरुष खेलाडीलाई समेत सावित्राले निकै पछाडी छाडेकी छन । सावित्राका प्रशिक्षक हरि खड्का र पुर्व राष्ट्रिय टोलीका सदस्य निराजन रायमाझीले नेपाली पुरुष टिमबाट समान १३÷१३ गोल गरेका छन् । जुन किर्तिमान सावित्राले सन २०१६ को चौथो साफमा समुह चरणमा माल्दिभ्स विरुद्ध ५० औ मिनेटमा खेलको व्यक्तिगत चौथो गोल गर्दै तोडेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार