Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

विकासका लागी केन्द्रिय सरकारको मात्र मुख ताक्ने दिन अन्त्य भइसक्यो : उपप्रधानमन्त्री पोखरेल

विकासका लागी केन्द्रिय सरकारको मात्र मुख ताक्ने दिन अन्त्य भइसक्यो : उपप्रधानमन्त्री पोखरेल

  • सन्देश सम्वाददाता
  • बिहिबार, मंसिर १९ २०७६


विकासका लागी केन्द्रिय सरकारको मात्र मुख ताक्ने दिन अन्त्य भइसक्यो : उपप्रधानमन्त्री पोखरेल

लारुम्बा । उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले विकासका लागी स्थानिय सरकारको मुख ताक्ने दिन अन्त्य भएको बताएका छन् । संविधान अनुसार मुलुक संघियतामा गइसकेकाले अब विकासका लागी सिंहदरबार धाउने दिन अन्त्य भएको बताए । उनले स्थानिय सरकारले नसक्ने योजना प्रदेश सरकार र प्रदेश सरकारकाबाट पुरा हुन नसक्ने योजनाका लागी केन्द्र सरकारले निर्माण गर्ने बचन दिए । ‘विकासमा गति लिनका तीन तहको सरकारबिच तालमेलको विकल्प छैन ।’ उनले भने ‘अहिले तीनै तहको सरकारलाई संविधानले उत्तिकै अधिकार दिएकाले केन्द्रले मात्र विकास गर्छ भन्ने धारणा अन्त्य गर्नुपर्छ ।’
किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औ जन्म जयन्तीमा बोल्दै पोखरेलले ‘समृद्ध नेपाल र सुखी नेपाली’ नारा मात्र नभएर सरकारको मुलुभत योजना भएको बताए । उनले कृषि, जलश्रोत, पर्यटन लगायत लगानीमा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै जनताको जिवनस्तर उकास्न सरकार लागि परेको बताए ।
पोखरेलले अहिलेको सरकारले सवै जाति र धर्मलाई समान रुपमा लिएको बताउँदै किरातीहरुको आस्था महागुरु फाल्गुनन्दको सन्देश सबै र सधैका लागी उत्तिकै महत्वपुर्ण रहने बताए । ‘महागुरुको ज्ञानको ज्योती हिजो, आज र भोली पनि उत्तिकै महत्वपुर्ण रहेको छ यसलाई निभ्न दिनु हुँदैन ।’ उनले भने । देशमा १ सय २५ जातजाती र १ सय वढि भाषाभाषिहरु रहेको वताउँदै उनले कुनै एक भाषा, धर्म र जातजातीको अस्तित्वमात्र बचाउन नलाग्ने जिकिर गरे
त्यस्तै कार्यक्रममा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले पनि महागुरु आत्मानन्द लिङ्देनको जन्मोत्सवमा शुभकामना ब्यक्त गर्दै यो पवित्र स्थान भएर आवतजावत हुने दमक–रवि सडक पनि अबको तीन वर्ष भित्रमा कालोपत्रे भइसक्ने बताए । उनले यस सडकभित्र पर्ने सवै खोलाहरुमा पक्की पुल पनि आगामी माघ महिना भित्रमा शिलन्यास भइसक्ने वताउँदै अव यहाँ विकासको सुरु भइसकेको बताए ।
नेकपा संसदिय दलका उपनेता समेत रहेका नेम्वाङले महागुरु फाल्गुनन्दको जन्म क्षेत्रमा विकासका लागि गुरुयोजना तयार भइसकेको वताउँदै दिगो बिकासका लागि देशका तिनै तहका सरकार लाग्नु पर्ने बताए । जन्मोत्सवको अवसरमा गुरु आत्मानन्द लिङ्देनले प्रवचन समेत दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार