Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

मेस्सीलाई कीर्तिमानी छैटाै बालोन डी’ओर अवार्ड

मेस्सीलाई कीर्तिमानी छैटाै बालोन डी’ओर अवार्ड

  • सन्देश सम्वाददाता
  • मंगलबार, मंसिर १७ २०७६


मेस्सीलाई कीर्तिमानी छैटाै बालोन डी’ओर अवार्ड

एजेन्सी ।  बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले कीर्तिमानी छैटौं पटक बालोन डी’ओर अवार्ड जितेका छन् । सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै अर्जेन्टिनाका कप्तान मेस्सीले बालोन डी’ओर जितेका हुन् । मेस्सीले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भिर्गिल भान डायकलाई पछि पार्दै अवार्ड जितेका हुन् । मेस्सी ६ पटक बालोन डी’ओर अवार्ड जित्ने पहिलो खेलाडी हुन् । मेस्सीले यस अघि सन् २००९,१०,११,१२ र २०१५ मा यस अवार्ड जितेका थिए । मेस्सीपछि रोनाल्डोले ५ पटक अवार्ड जितेका छन् । फ्रान्सको पेरिसमा आयोजित विशेष कार्यक्रममा मेस्सीलाई अवार्ड प्रदान गरिएको थियो । महिला तर्फको अवार्ड अमेरिकी खेलाडी मेगन रापीनाेले जितिन् । लिभरपुलका एलिसन बेकरले उत्कृष्ट गोलकिपर अवार्ड जिते । विश्वभरका कप्तान, प्रशिक्षक तथा खेल पत्रकारहरुको मतको आधारमा यस अवार्ड प्रदान गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार