Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलामलाई हराउँदै भाङबारी सेमीफाइनलमा

इलामलाई हराउँदै भाङबारी सेमीफाइनलमा

  • सन्देश सम्वाददाता
  • शुक्रबार, मंसिर १३ २०७६


इलामलाई हराउँदै भाङबारी सेमीफाइनलमा

लारुम्बा । भाङबारी स्पोर्टिङ क्लब झापा इलामको माङसेबुङमा जारी १२औं संस्करणको आत्मानन्दकप फूटबलको सेमीफाइनलमा प्रवेश गरेको छ । दोश्रो क्वाटरफाइनल खेलमा बिहीबार इलाम नगर खेलकुद प्रतिष्ठान विरुद्ध १–० गोल अन्तरको संर्घषपुर्ण जित निकाल्दै झापाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

सनम भुजेलले पहिलो हाफमा गरेको गोल नै निर्णायक बनेको थियो । वान भर्सेस वानको पोजिसनलाई सदुपयोग गर्दै भुजेलले जाली चुमाएका थिए । गोलकर्ता भुजेल खेलको म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तरगत शुक्रबार राजाबास युथ क्लब सुनसरी र एएससी अर्जुनधारा झापाबीच खेल हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार