Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

पाहुना टोली मानेभञ्ज्याङको विजयी सुरुवात

पाहुना टोली मानेभञ्ज्याङको विजयी सुरुवात

  • सन्देश सम्वाददाता
  • बिहिबार, मंसिर १२ २०७६


पाहुना टोली मानेभञ्ज्याङको विजयी सुरुवात

लारुम्बा । १२ औ संस्करणको आत्मानन्द कप फुटबल प्रतियोगितामा पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लबले बिजयी सुरुवात गरेको छ । उद्धघाटन खेलमा आयोजक टोली माङसेवुङ खेलकुद विकास समितीलाई सडनडेथमा पराजित गर्दै पाहुना टोलीले सेमीफाइनल यात्रा तय गरेको हो । निर्धारित समयमा दुवै टिमबाट २–२ गोल भएको थियो । टाईब्रेकरमा समेत ५–५ गोलको बराबरी भएपछि विजेता निर्धारण गर्न सडन डेथसम्म पर्खनु परेको थियो ।
पहिलो हाफमा आत्मघाती गोलको उपहार पाउँदै अग्रता लिएको दार्जिलिङले दोश्रो हाफमा कमजोर प्रदर्शन गरेको थियो । पहिलो हाफको ३३ औं मिनेटमा माङसेबुङका रोनिस राईले आत्माघाती गोल गरेपछि दार्जिलिङले अग्रता लिएको थियो । दोश्रो हाफमा खेलको ३७औं मिनेटमा माङसेबुङका मन्दिप राईले गोल गरी खेल बराबरीमा ल्याए । ४० औं मिनेटमा दार्जिलिङका याङचुङ शेर्पाले गोल गरी अग्रता दिलाए । ४२ औं मिनेटमा पुनः माङसेबुङका मन्दिप राईले व्यक्तिगत दोश्रो गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । प्रतियोगिता अन्तरगत विहीबार भाङबारी स्पोर्टिङ क्लब झापा र इलाम नगर खेलकुद प्रतिष्ठानबीच प्रतिष्पर्धा हुनेछ ।
किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६औं जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगितामा इलाम, झापा, सुनसरी, तेह्रथुम, र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल १७ मंसिरमा हुनेछ । विजेताले नगद २ लाख १ सय ६६ रुपैयाँ र उपविजेताले नगद १ लाख १ सय ६६ रुपैयाँ पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट िमडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिताका विजेता र उपविजेता टिमलाई किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं शुभजन्मोत्सवमा १८ मंसिरमा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । आत्मा–पवित्र हक्चात यक्चुमको आयोजनामा हुने उक्त प्रतियोगिता सम्पन्न गर्न करिब १७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । धर्मगुरु लिङदेनको जन्मोत्सवमा वर्सेनी माङसेबुङमा आत्मानन्द कप खेलकुद प्रतियोगिता संचालन हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार