Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

फाकफोकथुम उपाध्यक्ष राई र स्थायी शिक्षक बिच छलफल

फाकफोकथुम उपाध्यक्ष राई र स्थायी शिक्षक बिच छलफल

  • लिला सुब्बा
  • बिहिबार, मंसिर १२ २०७६


फाकफोकथुम उपाध्यक्ष राई र स्थायी शिक्षक बिच छलफल

फाकफोकथुम : जिल्ला शिक्षा समन्वय इकाई इलामबाट फाकफोकथुम गाउँपालिकामा स्थायी नियुक्ति लिएका शिक्षकहरुको समस्याको बारेमा छलफल गरिएको छ । गाउँपालिका उपाध्यक्ष सरस्वती राईसँग भेटदै शिक्षकहरुले जति चाडो आफुले रोजेको विद्यालयमा पठाउन अनुरोध गरे । उपाध्यक्षले नयाँ नियुक्ति पत्र लिएर आउने शिक्षकहरूलाई १२ गते मिटिङ्ग बसेर निर्णय गरिने आश्वासन दिइन् ।
नियुक्ति लिएर आउने शिक्षकहरुलाई विद्यालयमा पठाउनका लागी ८ गते बसेको बैठक प्राविधिक समस्याका कारण पुर्णता पाएको थिएन् । गाउँपालिका भित्र रहेका बिधालयहरूले बिषयत गत शिक्षकहरू पठाई दिन दबाब पछि उपाध्यक्षको नेतृत्वमा छलफल गरिएको थियो ।
गाउँपालिकाले शिक्षा आयोगको नियम भित्र रहेर मर्यादा क्रमको आधारमा बिधालय छनौंट गराएर पठाउने तयारी गरेको हो । प्रशाशकिय प्रमुख रेख नाथ दाहाल ,उपाध्यक्ष सरस्वती राई र शिक्षा समन्वय एकाईका निमित प्रमुख कुल बहादुर लिम्बुले छलफल गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार