Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुर पर्यटकीय क्षेत्रको माई मन्दिर र माई नदी प्रदेश सरकारबाट संरक्षण

सन्दकपुर पर्यटकीय क्षेत्रको माई मन्दिर र माई नदी प्रदेश सरकारबाट संरक्षण

  • किरण राई
  • बुधबार, मंसिर ११ २०७६


सन्दकपुर पर्यटकीय क्षेत्रको माई मन्दिर र माई नदी प्रदेश सरकारबाट संरक्षण

सन्दकपुर । धार्मिक आस्थाको केन्द्रको रुपमा माई मन्दिर क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७५÷०७६ मा एक करोड रुपैयाँ लगानी गरि पदमार्ग, शार्वजनीक शौचालय र माई नदीको मुहान संरक्षण गरिएको गाउँपालिका उपाध्यक्ष सोभा पराजुलीले बताइन् ।


सन्दकपुर पर्यटकीय क्षेत्रमा रहेको माई नदीको मुहान र माई मन्दिर संरक्षण गरिएको हो । नेपाल र भारतका हिन्दु धर्मावलम्विहरुको आस्थाको केन्द्रको रुपमा रहेको माई मन्दिर क्षेत्रमा पर्ने नदीको मुहान क्षेत्रमा पनि संरक्षण गरिएको हो ।
प्रदेश नम्बर एक सरकारको आर्थिक वर्ष २०७५÷०७६ को बजेटबाट भत्किएका मन्दिरका संरचना पुनः निर्माण गरिएको हो । सन्दकपुर गाउँपालिका ४ मा अवस्थित माई मुहान क्षेत्रको डिपिआर गर्नुका साथै भौतीक पूर्वाधारका लागि एक करोड रुपैयाँ खर्च प्रदेश सासंद खिनु लङ्वा लिम्बुले बताइन् ।


माई मुहान र मन्दिर क्षेत्रमा पर्यटकको आवातजावतको सजिलोको लागि पदमार्ग, रेलिङ्ग निर्माण गरिएको थियो । मन्दिर  क्षेत्रमा सार्वजनीक शौचालय, स्वागतद्धार निर्माण गरिएपछि पर्यटकलाई धेरै सुविधा पुगेको प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए ।


८० मेगावाट बढी विद्युत उत्पादन हुँदै आएको माई मुहान क्षेत्र संरक्षणसँगै पर्यटकीय आकर्षणको केन्द्र बनाउन पूर्वाधार निर्माण गरिएको हो । मुहान संरक्षणसँगै सन्दकपुर गाउँपालिकाले उजाड क्षेत्रमा स्थानीय जातका रुख बिरुवाहरुको वृक्षारोपणको अभियान थालेको छ ।

हरियालि सन्दकपुर बनाउने अभियान अन्तरगत १० लाख स्थानीय जातका बिरुवाहरु रोपणको काम भइरहेको सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादूर राईले बताए । सामुदायीक बनको सहकार्यमा रुख रोपाणको काम शुरु भएको र हरियालि सन्दकपुर बनाउने काम गत आर्थिक वर्षदेखि थालिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार