Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पाँच महिने शिशुको मृत्यु भएपछि मनमोहन अस्पताल तोडफोड

पाँच महिने शिशुको मृत्यु भएपछि मनमोहन अस्पताल तोडफोड

  • सन्देश सम्वाददाता
  • बुधबार, मंसिर ११ २०७६


पाँच महिने शिशुको मृत्यु भएपछि मनमोहन अस्पताल तोडफोड

चिकित्सकको लापरवाहीका कारण पाँच महिने शिशुको मृत्यु भएको भन्दै बिर्तामोडमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पताल तोडफोड भएको छ । बिर्तामोड – निवासी विजय लिम्बूको ५ महिने शिशु बिपीषा लिम्बूको गएराति उपचारको क्रममा मृत्यु भएको थियो ।
निमोनिया भएर मंगलवार दिउँसो अस्पताल भर्ना गरिएकी विपीशालाई इन्जेक्सन लगाएलगत्तै पेट फुलेको र बालिकाको मृत्यु भएको भन्दै अस्पताल तोडफोड भएको हो । विहानैबाट उपचारमा संलग्न चिकित्सकलाई कारवाहीको माग गर्दै आन्दोलनमा उत्रिएका मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।


विवाद बढ्दै गएपछि अहिले इलाका प्रहरी कार्यालयमा सर्वपक्षीय बैठक वसिरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए । उपचारका क्रममा शिशुको अवस्था गम्भीर बनेपछि मनमोहन अस्पतालले शिशुलाई वीएण्डसी अस्पताल रेफर गरेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार