Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

भिजिट नेपाल अभियानमा एकसय कर्पोरेट इलामको सन्दकपुरमा

भिजिट नेपाल अभियानमा एकसय कर्पोरेट इलामको सन्दकपुरमा

  • सन्देश सम्वाददाता
  • सोमबार, मंसिर ९ २०७६


भिजिट नेपाल अभियानमा एकसय कर्पोरेट इलामको सन्दकपुरमा

इलाम । भिजिट नेपाल २०२० लाई सफल बनाउन राजधानी काठमाडौं र विभिन्न स्थानका कर्पोरेट क्षेत्रका १ सय जनाको टोली इलामको सन्दकपुरसम्म पुगेर भिजिट नेपालको अभियानको प्रचारप्रसार गर्ने जनाएको छ प्रदेश नम्बर १ का पर्यटन मन्त्री जगदीश कुसियतका अनुसार शनिबार सुनसरीको कोशी टप्पु पुगेको टोली आइतबार नेपालकै सबैभन्दा ठूलो बर्जु तालको अवलोकन गरेको थियो। त्यहाँबाट टोली बिराटनगर पुगेको हो ।
टोलीमा नबिल बैङ्कका सिइओ अनिलकेशरी शाह, इमाजिन नेपालका सिइओ मोना कार्की, मिस युनिभर्स नेपाल २०१७ का नगमा श्रेष्ठ, मिस एसिया नेपाल २०१७ पिङ्की राजबरैया, अस्ट्रेलियका जेनस वेब, सुनसरीका उद्यमी प्रीतम कुसियतलगायत छन् ।टोलीमा सहभागीले यात्राका बारेमा आआफ्नो ब्लग र सामाजिक सञ्जालमा लेखेर त्यसको प्रचारप्रसार गरिने कार्यक्रम छ । सहभागीलाई स्वागत गर्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नेपाली आफैँले नेपाल चिन्न नसक्ने हो भने विश्वलाई चिनाउन नसकिने बताए ।
मुख्यमन्त्री राईले नेपालीले नेपाल चिन्ने तथा देशभित्रका गन्तव्यको पहिचान र प्रचार–प्रसार गर्ने उद्देश्यले गरिएको कार्यक्रम भएकाले सहभागीलाई प्रदेश सरकारले स्वागत गरेको जानकारी दिए ।उनले सहभागीलाई प्रशंसापत्र, खादा र भिजिट नेपाल २०२० लेखिएको टीसर्ट प्रदान गरे । नबिलका सिइओ शाहले पोखरा, चितवन र लुम्बिनीजस्ता सीमित ठाउँमा मात्र देश झल्कन नसक्ने धारणा प्रकट गरे ।
‘हाम्रो देश विशाल छ र यहाँ थुप्रै गन्तव्य छन्’, सिइओ शाहले भने, ‘पर्यटनमा रुचि भएको नेपालीले आफ्नो मुलुकभित्रका मुख्य गन्तव्यको जानकारी राख्नु जरुरी छ ।भिजिट नेपालको गृहकार्य देशबासीकै तर्फबाट सफल बनाउनु पर्ने जिकिर गर्दै उनले यसका कारणले नै यो यात्रालाई देशभित्रका बैङ्कर, कर्पोरेट, सञ्चार, सामाजिक कार्यकर्ता लगायतका क्षेत्रले समर्थन र सहयोग गरेको उल्लेख गरे । बिजमाण्डू डटकमबाट

प्रतिक्रिया
सम्बन्धित समाचार