बैज्ञानिक अध्ययनका अनुसार डरका कारण मानिसहरु बोतलमा बन्द भएको पानी किन्न बाध्य छन् । बोतलमा बन्द भएको पानीबाट कुनै पनि फाइदा नभएपनि मर्ने डरका कारण पानी किन्नका लागी वाध्य भएको अध्ययनले देखाएको छ । बोतलमा बन्द भएको पानी अधिक प्रचार र मानिसहरुको मनोबैज्ञानिक संवेदनशिलतालाई गहिरोसँग प्रभाव पारेर उनीहरुको विशेष उत्पादन खरिद गर्नका लागी बाध्य बनाउने गरेको अध्ययनले देखाएको समाचार द वायरको हिन्दी संस्करणमा लेखिएको छ । क्यानडा युनिर्भसिटी अफ वाटरलुमका शोधकर्ता स्टीफन कोटले भने ‘ मर्ने डरले हामीलाई जोखिममा पर्नबाट बचाउँछ । केही मानिसहरु बोतलको पानी सुरक्षित र शुद्ध पाउँछन् किनकी अवचेतनमा नमर्ने इच्छाले गहिरोसँग जरा गाडेको हुन्छ ।’ यो अध्ययनको लागि सामाजिक साइकोलोजी टेरर मैनेजमेन्ट थेउरीको प्रयोग गरिएको थियो ।
अध्ययनमा भनिएको छ ‘धाराबाट गुणस्तरिय पानी उपलव्ध हुन्छ तर पनि हामी बोतलमा बन्द भएको पानी तर्फ आर्कषित हुन्छौ । किनकी विज्ञापनको माध्यमबाट बोतलमा रहेको पानी शुद्ध हुन्छ । यस प्रकारको विज्ञापन ठुलो जनमानससम्म पुगेको छ जसमा उपभोक्ता समेत सहभागी छन् । जो स्वास्थ्य, ख्याती र अरुलाई देखाउनका लागी प्रयोग गर्छन ।’

विज्ञहरुका अनुसार हामी बार्षिक रुपमा ३३ लिटर बोतलको पानी पिउने गर्छौ । बजार अन्वेशक मिन्टेलका अनुसार घरमा बोतलको पानी पिउने प्राय : एक चौथाइ मानिसहरु बोलतको पानी तुलनात्मक रुपमा धाराको पानी भन्दा राम्रो रहेको बताउँछन् । घरेलु आपुर्तीको लेखा परिक्षण गर्ने पेयजल निरिक्षक पे पेनिसनले द टेलिग्राफलाई बताए अनुसार सन २०१२ मा करिव ४ मिलियन धाराको पानीको नमुना परिक्षणमा ९९.६ प्रतिशतले गुणस्तर पास गरेका थिए ।
अन्तराष्ट्रिय बोटल वाटर एसोसिएसन ( बोतल र प्याकेजिङ पानी वितरकहरुको साझा संस्था) को रिर्पोट अनुसार सन २०१७ मा विश्वमा झन्डै एक सय विलियन ग्यालेन पानी उत्पादन भएको थियो । बोतलको पानी उत्पादनको करिव २५ प्रतिशत हिस्सा चीनले ओगटेको छ । त्यसैगरी छैटौ स्थानको भारतले ५ प्रतिशत हिस्सा धानेको छ । सन २०१२ को तुलनामा २०१७ सम्म आइपुग्दा औषत उत्पादन ६.२ प्रतिशतले बढेको देखिन्छ ।
प्लाष्टिकको बोतलले ओजन तह घटाउँदै
बार्षिक रुपमा २२ विलियन डलर पानी उत्पादन गर्ने उद्योगले १.५ मिलियन टन प्लाष्टिक प्रयोग गर्छन । प्लाष्टिक निर्माण र डिस्पोजलले विषाक्त रसायनलाई वातावरणमा छाडिदिन्छ । विश्व बन्यजन्तु कोष (डब्लुडब्लुएफ) को रिर्पोट अनुसार धाराको पानीको गुणस्तर र सुरक्षा सुधार संगठनको एक अभिन्न हिस्सा हो । यस समुहले ओजोन तहलाई नष्ट गर्ने कार्वनडाइ अक्साइडको बारेमा चिन्ता व्यक्त गरेको छ । अरबौ लिटर बोतलको पानी उत्पादक देशभन्दा बाहिर खपत हुने गरेको छ ।
‘बोतलको पानी स्वस्थ पानीमा पहुँच पु¥याउने दीर्घकालीन दिगो समाधान होइन’डव्लुडव्लुएफका रिचर्ड हल्यान्डलेले भने । ‘सफा पानी एक आधारभूत अधिकार हो । हाम्रो नदी, खोला र सिमसार संरक्षणले धारामा स्वच्छ पानी पाउने अधिकारलाई सुनिश्चित गर्छ । जसले उचित मुल्यमा सबैलाई राम्रो गुणस्तरको पिउने पानी प्रदान गर्छ ।’