इलाम । संकटा क्लबका मिडफिल्डर सुभाष गुरुङले राष्ट्रिय टिमबाट डेब्यु गरेका छन् । फिफा विश्वकप छनोट अन्तर्गत कुवेत विरुद्ध भुटानमा भएको खेलमा सुभाषले ८९ औ मिनेटमा राष्ट्रिय टिमबाट डेब्यु गरेका हुन् ।
स्विडिस प्रशिक्षक योहान कालिनले तेज तामाङको स्थानमा सुभाषलाई मैदान प्रवेश गराउँदै सिनियर टोलीमा डेव्यु गराए । घरेलु फुटबलमा सुभाष संकटा क्लबबाट खेल्ने गर्छन् । गत साल लिगमा संकटा दोस्रो रहँदा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । फिफा विश्वकप छनोटको कुवेतविरुद्धको खेलका लागि २३ सदस्यीय टोली बाहिर रहेका उनलाई अन्तिम समयमा बोलाइएको थियो ।
राष्ट्रिय टिमका नियमित ४ खेलाडी एन्फाको कारबाहिमा परेपछि उनलाई टिममा बोलाईएको हो । सुभाष यसअघि म्यानमारसँगको मैत्रीपुर्ण खेलमा नेपालको २३ सदस्यीय टोलीमा समेत अटाएका थिए ।