Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिनैपर्छ : उपनेता नेम्वाङ

उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिनैपर्छ : उपनेता नेम्वाङ

  • सन्देश सम्वाददाता
  • बिहिबार, कार्तिक २१ २०७६


उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिनैपर्छ :  उपनेता नेम्वाङ

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। ‘संविधानमा नै सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्था गरेको छ। जसका लागि उपसभामुखले राजीनामा दिनुपर्छ’ संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले बिहीबार काठमाडौंमा भने, ‘नेकपाले सभामुख पद लिनका लागि उपसभामुखले राजीनामा गर्नुपर्छ।’
संसदमा नेकपाको झन्डै दुईतिहाइ बहुमत भएको अवस्थामा संसदको नेतृत्व सभामुखको पद अर्को पार्टीलाई दिन नसकिने पनि उपनेता नेम्वाङले बताए। उपसभामुख तुम्बाहाम्फेले संसदको हिउँदे अधिवेशन बोलाउनु पहिले नै राजीनामा गर्नुपर्ने नेम्वाङले बताए। उपसभामुखले सभामुखलाई सम्बोधन गरेर राजीनामा दिएर अधिवेशन आह्‍वान भएर नयाँ सभामुख निर्वाचित नहुँदासम्म संसद बैठक ज्येष्ठ सदस्यले चलाउने उनले जानकारी दिए।
संसद सचिवालयमा कार्यरत कर्मचारीमाथि यौन दुर्व्यवहार अभियोगमा राजीनामा दिएर सभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि डिल्ली बजार जेलमा छन्। नेकपाले सभामुख कसलाई बनाउने भन्‍ने निर्णय गरिसकेको छैन। नेकपामा सभामुख हुन उपसभामुख तुम्बाहाम्फे, उपनेता नेम्वाङ, सचेतक देवप्रसाद गुरुङ, सांसदहरू अग्नि सापकोटा, पम्फा भुसाल र लेखराज भट्टले चासो राखेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार