सुरुङ्गा : कनकाई बहुमुखी क्याम्पस सुरुङाका संचालक समिति अध्यक्ष प्रकाश चुडाललाई बिद्यार्थीले कालोमोसो दलेका छन् । १ महिना देखि क्याम्पसमा जारी आन्दोलनले उग्र रुप लिएपछि बिद्यार्थीले माेसो दलेका छन् । आज बिहान संचालक समितिको बैठकपछि अध्यक्ष चुडालमाथी बिद्यार्थीले मोसो दलेकाे बताइएको छ ।
प्राध्यापकले तलब माग्दा प्राध्यापक संघका अध्यक्ष हरि तिम्सिनालाई जागिरबाट हटाइएपछी क्याम्पसमा बिबाद सुरु भएको थियो । बिद्यार्थीले तिम्सिनाको पुर्नरबहालीकाे माग गर्दै चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका थिए । आज बिहानको बैठकमा समेत क्याम्पस संचालक समितिले समाधन गर्न नसकेपछि बिद्यार्थी आक्रोशित भएका थिए । सोही घटनाले क्याम्पसमा तनाव भइरहेको छ ।