Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पर्यटन प्रवद्र्धनका लागि रामसार सुचिमा सुचिकृत माईपोखरीमा एकादशि मेला आयोजना

पर्यटन प्रवद्र्धनका लागि रामसार सुचिमा सुचिकृत माईपोखरीमा एकादशि मेला आयोजना

  • सुजन तिमल्सिना
  • आइतबार, कार्तिक १७ २०७६


पर्यटन प्रवद्र्धनका लागि रामसार सुचिमा सुचिकृत माईपोखरीमा एकादशि मेला आयोजना

सन्दकपुर । रामसार क्षेत्रमा सुचिकृत इलामको उत्तरी माईपोखरीमा पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ वृहत एकादशि मेला आयोजना गरिने भएको छ । सन्दकपुर गाउँपालिका १ र ३ मा रहेको माईपोखरी क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनका लागि तीन दिने वृहत मेलाको आयोजना गर्न लागिएको हो । वडा नम्बर १ का अध्यक्ष नन्दकुमार र ३ का अध्यक्ष कृष्ण पाठकको उपस्थितिमा कात्तिक २१, २२ र २३ गते तीन दिने मेलाको आयोजना गर्ने निर्णय भएको आयोजक समितिका सदस्य दिनेश ढकालले बताए ।
हरिबोधनी एककादशिको अवसरमा पारेर आयोजना गरिएको मेला सफल पार्न समाजसेवी, व्यवसायी, जनप्रतिनिधि सहभागि रहेको ५१ सदस्य मुल आयोजक समिति गठन भएको छ । मेलाको सफलताका लागि आर्थिक, प्रचारप्रसार, सास्कृतिक तथा मनोरञ्जनात्मक, खेलकुद, व्यवस्थापन, आथित्य सत्कार, स्वयमसेवक, यातायात तथा आवस उप समिति गठन गरिएको छ ।
मेलाको अवसरमा सन्दकपुर गाउँपालिका क्षेत्रका पर्यटकीयस्थलहरुको प्रचारप्रसारका लागि विभिन्न क्षेत्रमा स्वागतद्धार निर्माण गरिनुका साथै जनजातिको संस्कृति तथा भेषभुषाको प्रद्र्धशनी र वडास्तरीय खुल्ला महिला फुटबल प्रतियोगिता र ४० वर्षमाथिको पुरुष फुटबल प्रतियोगिताको आयोजना गरिनेछ । स्थानीयस्तरमा उत्पादन भएका खाध्यबालीहरुबाट उत्पादन हुने परिकार, दुग्धपदार्थका सामग्रीहरु मेलामा पुग्ने भक्तजनहरुले चाख्न पाउने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए । गाउँपालिकाले एकादशि मेलाकै अवसरमा कात्तिक २२ गते सार्वजनीक विदा दिएको भएको छ ।
बिदाको दिन सम्पूर्ण रुपमा सरकारी र संघसंस्थाका कार्यालय, विद्यालय बन्द हुनेछन् । ऐतिहासिक रुमामा मनाउँदै आएको एकादिश मेलालाई व्यवस्थित गर्ने यस वर्ष तीन दिने वृहत मेलाको आयोजना गरिएको गाउँपालिका अध्यक्ष उदय राईले बताए ।
यस्तो छ माईपोखरीको महत्व
सदरमुकाम इलामबाट १३ किलोमिटर यात्रामा पुगिने माईपोखरी क्षेत्र सन् २००८ मा विश्व रामसार सुचीमा सुचिकृत गरीएपछि माइपोखरीले विश्वव्यापी पहिचान बनाएको हो । साक्षात देवीका रुपमा धार्मिक विश्वास गरिएको मानिने माइपोखरीमा चिताएको मनोकाक्षा पुरा होस् भनी भाकल गर्ने र परेवा उडाउने गरिएपनि वलिप्रथा भने निषेध छ । हिन्दु, बौद्ध, र किराँत मुन्धुम सबैधर्मको आस्थाको केन्द्र माइपोखरीमा बैशाख १ गते नयाँ वर्ष र हरिबोधनी ठुली एकादशीका दिन बिषेश पुजा र मेला लाग्ने प्रचलन छ ।
माईपोखरीको उत्पति भारतवर्षका मरुत राजा आई नौवटा कुनामा नौ मन्दिर निर्माणपछि नवदुर्गाको पुजा गरेपश्चात पुजास्थल सुरक्षित राख्न गंगाजीको आरधना गर्दा जल उत्पन्न गरिएको किम्बदन्ति पाइन्छ । किम्बदन्तिअनुसार पुरातनकालमा पोखरीमा खसेका पात पतिङ्गर चराहरुले सधै सफा गर्ने, पञ्चेबाजा, संखघण्ट बज्ने गरेको र पोखरीबाट एक प्रकारको अनौठो ज्योती निस्कने र लोप हुने गरेको कथन छ । सिंगो इलामको सास्कृतिक सभ्यताको प्रतिबिम्भ माईपोखरी आउने पर्यटकलाई स्थानीय परिकारको मिठो स्वादमा रमाउँदै आरामदायी बसाईका लागि पोखरी आसपासमा सुविधासम्पन्न होस्टे र होटल संचालनमा छन् ।
नौवटा कुनामा फैलिएको माईपोखरी क्षेत्रमा विश्वमा लोपउन्मुख गलैचे झ्याउ र लोउन्मुखनै उभयचर ठकठके लगायत रुख भ्यागुतो र ३ सय बढी प्रजातीका चराको सुमधुर आवाजबाट पोखरी पुग्ने पर्यटकले स्वर्गीय आनन्द लिने गरेका छन् ।
२ हजार १ सय २१ मिटरको उचाइमा अवस्थित २ हेक्टर जलासयसँगै १२ हेक्टर क्षेत्रमा फैलिएको माईपोखरीमा सुनगोहोरो, लालिगुराँस, सुनाखरी, जडीबुटी, रैथाने माछा, उभयचर, सरिसृप र स्तनधारी प्राणिको अवलोकन गर्ने असंख्य पर्यटक वर्षेनी आउने गरेका छन् । माईपोखरीको दर्शनपछि तीन किलोमिटर उत्तरको यात्रा गर्दा पुगिन्छ देउराली बजार । सन्दकपुर गाउँपालिकाको केन्द्रिय कार्यालय रहेको देउराली बजार क्षेत्र सहिद भुमिका नामले समेत परिचत छ । मेला आयोजनाले माइपोखरीको पर्यटन प्रवद्र्धन सहयोग पुग्ने गाउँपालिका उपाध्यक्ष सोभा पराजुलीले बताइन् । माईपोखरी नेपालको एक सय पर्यटकीयस्थलमा सुचिकृत भएपछि यसको पर्यटकीय महत्व झनै बढेको उपाध्यक्ष पराजुलीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार