इलाम । पुर्व सभामुख तथा प्रतिनिधीसभा सदस्य सुवासचन्द्र नेम्वाङले तिनै तहको सरकारबिचको समन्यवले मात्र देश विकास सम्भव भएको बताए । उनले स्थानिय क्षेत्रको विकासको निम्ती केन्द्र प्रदेश र स्थानिय तहबिचको समन्वय र सहकार्य नै विकासको पहिलो आधार समेत भएको बताए । इलामको पश्चिमी क्षेत्र फाकफोकथुममा आयोजित सिरिजंगा खुल्ला नकाउट फुटबल कार्यक्रममा सम्वोधन गर्दै नेम्वाङले विकट क्षेत्रमा समेत प्रतियोगिताको आयोजनाले प्रतिभाहरुलाई प्रष्फुटन गर्न अवसर सृजना गरेको बताए ।
पुर्व फुटबलर समेत रहेका नेम्वाङले फुटबल भनेपछि पहिले देखिनै हिरिक्क हुने भन्दै खेलको निम्तो मान्न पाउँदा खुशी लागेको बताए । कार्यक्रममा प्रदेश सांसद धिरेन्द्र शर्मा रमण, नेकपा इलामका अध्यक्ष रामकुमार राना, फाकफोथुम गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ, उपाध्यक्ष सरस्वती राईलगायतको उपस्थिति रहेको थियो ।