Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कन्याम क्षेत्रमा रात्रीकालिन पर्यटनको परिकल्पना : सांसद कागते

कन्याम क्षेत्रमा रात्रीकालिन पर्यटनको परिकल्पना : सांसद कागते

  • सन्देश सम्वाददाता
  • शुक्रबार, कार्तिक १५ २०७६


कन्याम क्षेत्रमा रात्रीकालिन पर्यटनको परिकल्पना : सांसद कागते

फिक्कल । प्रदेश नं एकका साँसद काजीमान कागतले कन्याम क्षेत्रलाई रात्रीकालिन पर्यटन विकासको लागी परिकल्पना गरिएको बताएका छन् । साँसद कागतले प्रदेश नं एकको एक मात्र पर्यटकिय नगरी सुर्योदयको पर्यटकिय क्षेत्र कन्याममा रात्रीकालमा समेत पर्यटकहरुलाई समेत आर्कषित गर्नका लागी काम भइरहेको बताए । सुनसरीकाे धरानबाट सेवक पदयात्राका लागी इलाम आएका पदयात्रीहरुलाई  सुर्याेदय नगरपालिका- ८ शहिद शान्ति पार्कमा आयोजित स्वागत कार्यक्रममा बोल्दै कागतले भने ‘ कन्याम क्षेत्रलाई रात्रीकालिन पर्यटनको परिकल्पना गरेका छौ । यदि सफल भएन भने पनि यो पार्कलाई रात्रीकालिन बनाइने छ ।’


उनले टि टुरिजम अर्थात चिया पर्यटनका लागी सफलता तर्फ अघि बढेपनि व्यवस्थापनको कार्य बाँकी रहेको बताए । उनले १६ रोपनी क्षेत्रफलमा फैलिएको पार्कका लागी प्रदेश सरकारको तर्फबाट १ करोड रुपैया बजेट विनियोजना भएकाले आगामी बर्षबाट उद्धघाटन गरेर सर्वसाधारणलाई प्रवेशमा सहज बनाइने बताए । कागतले इलाम नगरपालिका र धरान विच भगिनी सम्वन्ध स्थापना भएकाले यसबाट सुर्योदयलाई समेत पर्यटन विकासमा फाइदा पुग्ने बताए ।
सुर्योदय नगर उपप्रमुख दुर्गादेवी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सेवक पदयात्रा अभियानका प्रमुख राजिव हलबाईले इलाममा पदयात्राको ११२ औ सप्ताह मनाउन पाएकोमा खुशी व्यक्त गरे । उनले धरान आसपासमा हुने गरेको पदयात्रा प्रदेश नं एकको पर्यटकिय नगरी सुर्योदय नगरीमा पहिलो पटक गर्न पाउँदा खुशी लागेकाे बताए । ‘स्वास्थ्यका लागी पदयात्रा’ भन्ने नाराका साथ सुरु गरिएको पदयात्रा सुर्योदय नगरपालिकाको हर्कटे हुँदै भारतको मिरिकसम्म पुग्ने छ ।


पहिलो दिन पदयात्रीहरु अन्तु पुग्ने कार्यक्रम तय भएको प्रदेश नं एक भिजिट नेपाल २०२० का सदस्य एवम पत्रकार विराट अनुपमले बताए । सेवक अभियान नामक संस्थाले २०७४ भदौ ३१ गतेबाट हरेक शनिवार पदयात्रा गर्दै आएको छ । धरानमा बसोबास गर्ने विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरु स्वास्थ्यका निम्ती हरेक शनिवार ३ घण्टा पदयात्रा निस्किने गरेका छन् । स्वास्थ्य जिवनका लागी सुरु भएको अभियान अहिले आएर पर्यटन प्रर्वद्धनका निम्ती समेत सहयोगी बनेको अभियानका संयोजक हलुवाईले बताए । पदयात्रामा धरानका प्रतिष्ठित व्यक्तित्वका साथै राष्ट्रिय श्रष्टा गंगा वरदानको समेत सहभागीता रहेको छ ।


पदयात्रामा ८५ जना पदयात्रीहरुको सहभागीता रहेको छ । स्वागत कार्यक्रममा वडा नं १० का अध्यक्ष पेमा उगेन लामा, वडा नं ११ का अध्यक्ष टेकबहादुर राई, वडा नं ६ का अध्यक्ष शिवकुमार बस्नेत, वडा नं १२ का अध्यक्ष डोलेन्द्र भारद्धाज, नेपाल पत्रकार महासंघ इलामका उपाध्यक्ष सुजन तिमसिना लगायतको आतिथ्यता रहेको थियो । स्वागत कार्यक्रम सुर्याेदय नगरपालिका सनसाइन युवा समाज डब्बुगाउँले अायाेजना गरेकाे थियाे ।कार्यक्रममा गायकद्धय रगुन गुरुङ र तुलसी क्षेत्रीले सांगितिक प्रस्तुती दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार