इलाम । पुर्व प्रधानमन्त्री एवम नेकपाका बरिष्ठ नेता झलनाथ खनालले सिमा क्षेत्र रक्षाको निम्ती दृढतापुर्वक सिंगो देश लाग्नुपर्ने बताउनुभएको छ । वहाँले सुगौली सन्धी अनुसार पाएको भु–भागको रक्षाका निम्ती सवै नेपाली एकजुट हुनुपर्नेमा दिए । भ्रमण बर्ष २०२० को प्रचारका निम्ती संयुक्त अरव इमिरेटस र साउदी अरेवियाका राजदुत सहित इलामको पर्यटकीय सन्दकपुर पुगेका खनालल भने ‘ सुगौली सन्धी अनुसार पाएको त्यो भुमी हाम्रो हो । र त्यसका निम्ती सिंगो देश खडा हुनुपर्छ ।’
उनले दुवै देशले सम्झौतालाई आधार मान्दै स्थायी सिमा निश्चित गर्नुपर्ने बताए । खनालले छिमेकी राष्ट्रसंगको समन्वय र सहकार्य नै समृद्धिको आधार भएको भएको समेत बताए । नेता खनालले भारतिय पक्षलाई सिमा क्षेत्रको ख्याल नहुँदा नेपाल तर्फ विकास निर्माण समेत अवरोध सृजना भएकाले तत्काल समाधानका लागि पहल गर्ने बताए । ‘ सिमा क्षेत्रको ख्याल नहुँदा विकास प्रक्रिया समेत रोकिएको छ ।’ खनालले भने ‘ विकासका योजनाहरुका लागी मित्र राष्ट्र समेत सहभागी हुन सक्छ ।’

पहिलो पटक सन्दकपुर पुगेका नेपालका लागी दुवै देशका राजदुतले पर्यटनका निम्ती नेपाल संभावनायुक्त क्षेत्र भएको बताए । संयुक्त अरव इमिरेटस (युएई) का राजदुत सइद हम्दन अल नकईले हिमालय र प्रकृति सुन्दरताको लागी इलाम अनुपम क्षेत्र भएको बताए । उनले ३ दिनको इलाम बसाईमा सुन्दरताको भरपुर मज्जा लिएको बताए
‘इलामको सुन्दरताले आर्कषित गरेको छ ।’ नकईले भने ‘ नेपाल भ्रमण बर्ष २०२० का लागी युएईका लागी नागरिकहरुलाई प्रोत्साहन गर्नेछु ।’ सन्दकपुरबाट २/३ वटा देशका हिमाल, सुन्दर बस्ती र फरक संस्कृति एकै ठाँउबाट देख्न पाउँदा खुशी लागेको उनले बताए । त्यसैगरी साउदी अरेवियाका राजदुत मुसैदविन सुलेइमान अल मारवानी ले पहिलो पटक इलाम भ्रमणमा राम्रो सत्कार पाएको बताए । उनले पर्यटन र कृषिको क्षेत्रमा इलाम अग्रणी रहेको भन्दै चर्चा गरेका थिए ।