Local Sandesh मंगलबार, चैत्र ६ २०८०
  • ट्रेण्डिङ :

नेकपा सरकारले विकासमा गति लिदै : प्रदेश सांसद लङ्वा

नेकपा सरकारले विकासमा गति लिदै : प्रदेश सांसद लङ्वा

  • सन्देश सम्वाददाता
  • मंगलबार, कार्तिक ५ २०७६


नेकपा सरकारले विकासमा गति लिदै : प्रदेश सांसद लङ्वा

इलाम । प्रदेश नं एककी साँसद खिनु लङवा लिम्बुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारले विकासमा गति लिएको बताएकी छन् । पछिल्लो समय नेकपाले विकासलाइ मुल एजेन्डाकाे रुपमा अघि सारेकाे बताइन् ।  नेकपा प्रदेशसभा क्षेत्रिय समन्वय समितीको सपथ ग्रहण तथा प्रथम बैठकलाई सम्वोधन गर्दै उनले मुलुक विकासमा सवै एकजुट भएर लाग्न कार्यकर्ताहरु माझ धारणा राखिन् ।
प्रदेश सभा समन्वय समितीका संयोजक याम अधिकारीको संयोजकत्वमा भएको कार्यक्रममा उनले संघियतापछि मुलुकको तल्लो तहसम्म जनताले विकासको प्रत्याभुत गर्ने वातावरण बनाउन आफनो क्षेत्रमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । अधिकारीको संयोजकत्वमा गठन भएको क्षेत्रिय समन्वय समितीको सचिवमा हुकुम थामी रहेका छन् । समितीको सदस्यहरुमा मेघबहादुर गुरुङ, यज्ञ बहादुर गुरुङ, जीत बहादुर साँवा, राजु राई, गणेश सुवेदी, चन्द्र शंकर, देवीप्रसाद उप्रेती, तुलामाया गुरुङ रहेका छन् ।
त्यसैगरी अन्य सदस्यहरुमा ठाकुर अधिकारी, चेतनाथ निरौला, डिल्ली गुरुङ, विरेन घिमिरे, बालिका राई, सिद्धार्थ राई, अमिर राई, सागर भुजेल रहेका छन् । समितीमा प्रदेशसभाको भुगोलभित्र रहेका जिल्ला कमिटी सदस्य र गाँउ कमिटी अध्यक्ष र सचिव समेत सदस्य रहेका छन् ।
सपथ ग्रहण कार्यक्रममा सचिवालय सदस्य टेकबहादुर राई, जिल्ला पार्टी कार्यालय सदस्य विजय खम्बु, जिल्ला कमिटी सदस्य गञ्जु प्रधान, नेकपा प्रचार विभाग सदस्य सुजन तिमसिना लगातयले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन समन्वय समितीका सचिव हुकुम थामीले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार