Local Sandesh मंगलबार, चैत्र ६ २०८०
  • ट्रेण्डिङ :

तेस्रो सिरिजंगा खुल्ला नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरु

तेस्रो सिरिजंगा खुल्ला नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरु

  • सन्देश सम्वाददाता
  • शनिबार, कार्तिक २ २०७६


तेस्रो सिरिजंगा खुल्ला नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरु

फाकफोकथुम । इलामको फाकफोकथुमगाउँपालिकास्थित सिंहदेवी माध्यमिक विद्यालयको खेलमैदानमा आजदेखि सुरु भएको तेस्रो सिरिजंगा खुल्ला नकआउट फुटबलप्रतियोगितामा तुम्याहाङ युवा समूह फाल्गुनन्द पाँचथर विजयी भएको छ ।
तुम्याहाङ युवा समूह र आयोजक सिरिजंगायुवा समूह बीच भएको उद्घाटन खेलमा तुम्याहाङले आयोजकलाई टाइब्रेकरमा  पछि पार्दै विजयी सुरुवात गरेको हो । निक्कै प्रतिस्पर्धामक खेलमा निर्धारित समयमा दुवै टीमबाट बराबरी भएपछि खेलको निर्णय ट्राइबेकरबाट लिइएको थियो । सिरिजंगा सांस्कृतिक परिवार फाकफोकथुम ३ को आयोजनामा शुभ दिपावलीको अवसरमा आयोजित प्रतियोगितामा देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका, पाँचथरको फाल्गुनन्द गाउँपालिका लगायत विभिन्न गाउँपालिका तथा नगरपालिकाका ३६ टीमको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राई (सरु) ले समाज रुपान्तरणका लागि खेलकूद क्षेत्रको विकास महत्वपूर्ण हुने विचार व्यक्त गरिन । स्वस्थ समाज निर्माणका लागि केन्द्रदेखि स्थानीय तह सम्मले खेलकूद क्षेत्रमा बजेटको विशेष व्यवस्था गर्नुपर्ने बताइन् । फाकफोकथुम गाउँपालिकाले पनि खेलकूद क्षेत्रमा यस पटक पर्याप्त बजेट छुट्याउनुका साथै अध्यक्ष र उपाध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गर्ने बताइन । उनले युवाहरुमा विकृतिको रुपमा बढ्दै गईरहेको क्याराम बोर्ड खेल्ने, तास खेल्ने प्रवृत्तिलाई निरुत्साहित गर्न गाउँपालिकाले विद्यालयको पाँच सय मिटर वरपर यस्ता खेल खेल्न प्रतिबन्ध लगाउने बताइन । उनले आयोजकको कामको उच्च मुल्याङ्कन गर्दै १० हजार रुपैयाँ सहयोग दिने घोषणा गरिन ।
प्रतियोगिताको उद्घाटन अवसरमा वडा नं. ३ का वडाध्यक्ष राजन पौडेल, यामप्रसाद अधिकारी, दिपेन्द्र लिम्वू, जयनारायण राईलगायतले शुभकामना राखेका थिए ।  ५२ हजार पुरस्कार राशीको खेलमा उपविजेताले २६ हजार नगद, मेडल र प्रमाणपत्र पाउनेछन् । खेलमा उत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका सल्लाहकार हिमेस लिम्वूले जानकारी दिए । भोलीको पहिलो खेल मुनाल क्लब देनपा र पाथीभरा क्लबएकतप्पाबीच हुनेछ भने दोस्रो खेल एथेलेक्टिस फाकफोकथुम ११ र माङसेवा युवा समूह बीच हुने तथा तेस्रो खेल गजुरमुखी ३ बी र ठिंगेपुर युवा समूह बीच हुने आयोजक समितिका सचिव सन्देश लिम्वूले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार