इलाम । झापा बुद्धशान्तिका बासिन्दा गायिका निशु ढकालले तिहार लक्षित गरी नयाँ गितकाे भिडियाे सार्वजनिक गरेकी छन् । नेटिभ म्युजिक युटयुव च्यानलमा उनकाे तिहारको कोसेलीस्वरुप ‘आयो तिहार’ बोलको देउसी गीत सार्वजनिक भएको हो । गीतमा ढकाल र सुनिल सुनारको स्वर रहेको छ । गीतमा नवीन के तिमल्सिनाको शब्द, संगीत तथा एरेञ्ज रहेको छ । भिडियोमा सदिक्षा, एन्जिला, कृपा, स्मृति, मनिषा र आर्यनकोे अभिनय तथा नृत्य छ । गीतमा हेम पी देवकोटा, कृष्ण शाही, अनिल सृजना र आर्यनले देउसी भट्याएका छन् । यस अघिको तिहारमा पनि गायिका ढकालको गीत सार्वजनिक भइसकेको छ । ढकालले यसअघि पनि धेरै गीतमा स्वर दिइसकेकी छन् ।