Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

कणार्लि मानीने दक्षिणि इलामको विकासमा प्रदेश सरकारका पूर्वाधार योजना

कणार्लि मानीने दक्षिणि इलामको विकासमा प्रदेश सरकारका पूर्वाधार योजना

  • सुजन तिमल्सिना
  • बिहिबार, असोज २३ २०७६


कणार्लि मानीने दक्षिणि इलामको विकासमा प्रदेश सरकारका पूर्वाधार योजना

इलाम । कर्णाली मानिने इलामको दक्षिणि क्षेत्रमा प्रदेश सरकारले पूर्वाधार निर्माणमा प्राथमिकता दिएको छ । कच्चि सडकले मात्रै जोडिएको दक्षिणि इलाममा प्रदेश सरकारले सडक कालोपत्रे र पुल निर्माणलाई प्राथमिकता दिएको हो ।
दक्षिणि इलामलाई दूई वर्षसम्म कर्णाली भनेर परिचय दिइन्थ्यो । तर अहिले तीन तहको निर्वाचन पछि प्रदेश सरकारले सडक स्तरउन्नती र कालोपत्रेलाई प्राथमिकता दिएको छ ।
गाउँदेखि झापाको पूर्व पश्चिम राजमार्ग र मेची राजमार्ग जोड्ने रणनैतिक सडकहरु स्तरउन्नती र कालोपत्रेको काम थालिएको हो ।
कालोपत्रे सडक नभएका दक्षिणि माङ्सेबुङ्ग, फाकफोकथुम, चुलाचुली गाउँपालिका र माई नगरपालिका क्षेत्रमा प्रदेश सरकारले मुख्यमन्त्री ग्रामीण सडक योजना र ससर्त अनुदान मार्फत कालोपत्रे थालिएको प्रदेश सासंद धिरेन्द्र सर्मा रमनले बताए ।
आमचोक फालाँटे, मधुमल्ला रबि सडक, विर्तामोड लारुम्बा सडक, सिकारीभञ्ज्याङ रबि सडक, कमेरे दोभान साप्तिन सडक, चतुरे फुलुङ्गी सडक मुख्यमन्त्री ग्रामिण सडक कार्यक्रमबाट कालोपत्रेको हुनेछ । बहुवर्षे ठेक्का मार्फत निर्माण हुने यी सडक खण्डमा पर्ने खोलाहरुमा पुल निर्माणको काम पनि भइरहेका छन् । प्रदेश सरकारले प्राथमिकता दिएर दक्षिणि विकासका दृष्टिले पछि परेको दक्षिणि इलाममा पूर्वाधार निर्माणलाई प्राथमिकता दिएपछि स्थानीयबासी पनि उत्साहित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार