सन्दकपुर । सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादूर राईले गाउँपालिकाको आर्थिक श्रोत कृषि र पर्यटक भएको बताएका छन् । कृषि उपज उत्पादनमा राम्रो भएको गाउँपालिकाभित्र पर्यटक आकर्षण गर्ने प्राकृतिक सुन्दरताले भरिएको क्षेत्र भएकाले भ्रमण वर्ष २०२० मा ५० हजार पर्यटलाई घुमाउने उनले बताए ।
प्रदेश नम्बर एकको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर, छिन्टापु, रामसार सुचिमा सुचिकृत माईपोखरी, ढापपोखरी, टोड्के झरना, लगायतका दजर्नौ पर्यटकीयस्थलको प्रचार गरि पर्यटकलाई घुमाउने गाउँपालिकाको योजना रहेको अध्यक्ष राईले बताए ।
पर्यटकको बासस्थानका लागि होमस्टेको स्थापना गर्ने र होमस्टे संचालकलाई तालिम प्रदान गर्ने गाउँपालिकाले योजना बनाएको छ । लोकल सन्देश अनलाइनको सन्देश सम्बाद कार्यक्रममा बोल्दै अध्यक्ष राईले सन्दकपुर वातावरणिय हिसाबले घुम्न लायक क्षेत्र भएकाले उजाड रहेका डाँडाहरुमा हरियाली बनाउने कार्यक्रमका लागि १० लाख बिरुवा वृक्षारोपणको योजना अघि सारिएको बताए ।
संघ र प्रदेश सरकारसँग समन्वय गरि काम गर्ने र गाउँपालिकालाई सवृद्ध बनाउने अभियान संचालन गरिने अध्यक्ष राईको भनाइ छ । स्थानीय तहको निर्वाचन अघि विकासको दृष्टिकोणले निकै पछाडी रहेको सन्दकपुरमा आफ्नै प्रशासनिक भवन, वडा भवन र सडक स्तरउन्नतीलाई प्रमुख प्राथमिकताका साथ काम गरिएको अध्यक्ष राईको भनाइ छ । विद्युतको सुविधा न्युन भएको सन्दकपुर गाउँपालिका क्षेत्रमा अहिले ६० प्रतिशत क्षेत्रमा विद्युत विस्तारको काम सम्पन्न भइसकेको र बाँकी क्षेत्रमा दुईवर्षभित्र विद्युत विस्तार गरिसक्ने गाउँपालिकाको योजना रहेको अध्यक्ष राईको भनाइ छ ।
आफ्नो कार्यकाल सकिने समयसम्म गाउँपालिका केन्द्रदेखि वडा भवन जोड्ने सडकहरु पूर्णरुपमा स्तरउन्नती भइसक्ने र बिब्ल्याँटे,माईपोखरी, सन्दकपुर सडक र रिब्स माबु कालपोखरी सडकको धेरै भाग संघीय र प्रदेश सरकारको सहयोगमा कालोपत्रे भइसक्ने अध्यक्ष राईले बताए । सन्दकपुर गाउँपालिकका अध्यक्ष उदउबहादूर राईसँग गरिएको पुरै कुराकानी हेर्नुहोस् :