Local Sandesh सोमबार, कार्तिक १७ २०८३
  • ट्रेण्डिङ :

इलाममा पनि थपियो फोरजी सेवा

इलाममा पनि थपियो फोरजी सेवा

  • सन्देश सम्वाददाता
  • बुधबार, असोज १५ २०७६


इलाममा पनि थपियो फोरजी सेवा

काठमाण्डाै ।  नेपाल टेलिकमको महìवाकाङ्क्षी परियोजनाका रूपमा रहेको फोरजी सेवा विस्तारको कामले आज ठोस नतिजा हासिल गर्दै छ। फोरजी विस्तार परियोजना सम्झौता भएको करिब आठ महिनापछि बुधबार देशका विभिन्न दुई दर्जन बढी स्थानमा यसको पहुँच विस्तार हुँदै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बेलुका ५ बजे मुख्यमन्त्रीसहित विभिन्न नगरका मेयरसँग एकै पटक भिडियो कल गरेर फोरजी विस्तारको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ।कम्पनीको व्यवसायको अधिकतम हिस्सा थ्रीजीले ओगटेको सन्दर्भमा विस्तार परियोजनासँगै विश्वभर प्रचलनमा रहेको फोरजी पुस्तामा टेलिकमले ठूलो फड्को मार्ने छ। यसअघि काठमाडौँ उपत्यका र पोखरामात्र सीमित टेलिकमको फोरजी करिब तीन वर्षपछि बुधबार यी क्षेत्रबाहिर पुग्ने भएको छ। मङ्गलबारसम्म तोकिएका स्थानमा फोरजी विस्तारको अन्तिम तयारीका काम भइरहेको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए। उनका अनुसार यस क्रममा फोरजीको गति २४७ एमबीपीएससम्म पुगेको पाइएको छ भन्ने खबर गोरखापत्र दैनिकमा छ।
नेपाल टेलिकमले बुधबार सबै महानगरपालिकासहित मुख्य सहरमा फोरजी विस्तार गर्दै छ। यसबाहेक केही जिल्ला सदरमुकाममा पनि यो सेवा विस्तार हुने छ। पहिलोपटक २२ सहरमा फोरजी पु¥याउने लक्ष्य राखिएकोमा बीटीएस स्थापनाको काम धमाधम भइरहँदा नयाँ ठाउँहरू पनि बढिरहेको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए।
उनका अनुसार बुधबार दमक, बिर्तामोड, धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौँडा, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढीमा फोरजी सेवा सुरु हुने छ। त्यस्तै रुकुम, बागलुङ, महोत्तरी, रौतहट, सिरहा, बर्दिया, दाङ, धनकुटा, कैलाली, कपिलवस्तु, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत जिल्लाका सदरमुकाममा पनि यो सेवा बुधबार नै सुरु हुने छ। मङ्गलबार यो सूचीमा इलाम पनि थपिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार