इलाम । नेपाल कम्युनिष्ट पार्टीका संसदिय दलका उपनेता सुबासचन्द्र नेम्बाङले जनताले ७० वर्षसम्म त्याग र बलिदानबाट निर्माण भएको संविधानमाथि कुनै खतरा नभएको बताएका छन् । जनताको बलबाट निर्माण भएको संविधान दिगो हुने भएकाले संविधानसभाबाट संविधान जारी हुन नदिन धेरै कसरत भएपनि संविधान जारी भएको नेता नेम्बाङको भनाइ छ ।
जिल्ला समन्वय समिति इलामले आयोजना गरेको तेस्रो जिल्ला सभाको उद्घाटन कार्यक्रममा सहभागि इलाम आउनुभएका नेता नेम्बाङले लोक सन्देश अनलाइनका प्रधानसम्पादक सुजन तिमसिनासँगको अन्तरवार्तामा गणतन्त्रमा खतरा नभएपनि सचेत भएर काम गर्नुपर्ने बताए । सरकारको परराष्ट्र निति प्रष्ट भएको बताउँदै संविधानसभका अध्यक्ष समेत भइसकेका नेता नेम्बाङले नेपालका राजनीतिक दलहरुपनि देशको परराष्ट्र नितिका बारेमा प्रष्ट रहेको बताए ।
सोचेजस्तो काम गर्न नसकिएको भन्ने प्रधानमन्त्रीको गुनासोबारे सोधिएको प्रश्नमा नेता नेम्बाङले भने प्रधानमन्त्री आज असन्तुष्ट रहने ६ महिना असन्तुष्ट रहने र एक वर्षपछि पनि असन्तुष्ट नै रहने हो भने यो असन्तुष्टिको कुनै अर्थ रहँदैन, त्यसैले प्रधानमन्त्रीले कडाईका साथ चित्त बुझ्ने गरि काम गर्न अघि बढ्नुपर्छ । इलाम क्षेत्र नम्बर २ का संघीय सासंद तथा संविधानसभका अध्यक्ष समेत भएर संविधान जारी गर्न नेतृत्वदायी भुमिका निर्वाहा गरेका नेम्बाङसँग गरिएको अन्तरवार्ताको पुरा अंस हेर्न र सुन्नसक्नुहुनेछ ।