इलाम । इलामका संघीय तथा प्रदेश सासंदहरुले समन्वयात्मक विकास निर्माणका कार्यहरुले मात्रे चाँडो विकास हुने बताउनुभएको छ । इलाममा सोमबारबाट शुरु भएको तेस्रो जिल्ला सभाको उद्घाटन सत्रमा बोन्दै प्रदेश सासंद, संघीय सासंदहरुले एक अर्को सरकारबिच अधिकारको कुरा भन्दा पनि समन्वयात्मक हिसाबले काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
तेस्रो सभाको उद्घाटन गर्दै इलाम क्षेत्र नम्बर २ का संघीय सासंद तथा नेकपा संसदिय दलका नेता सुबासचन्द्र नेम्बाङले संविधानले तीन तहका सरकारको आ–आफ्नै अधिकार दिएपनि समन्वय गरेर अघि बढेमात्रै जनचाहाना अनुसारको विकास हुने बताउनुभयो । ‘अधिकार प्रदेश, संघीय र स्थानीय तहका सरकारको फरक फरक अधिकार भएपनि समन्वय गरे अघि बढे तिब्र विकास हुन्छ, सुबास नेम्बाङले भन्नुभयो–‘ सबै सरकारका आ– आफ्नै कानुन र अधिकार छन्, तर सबै सरकारको हिड्ने गतिमा एक भइयो भने जनतालाई परिवर्तनको अनुभुति हुने खालको विकास हुन्छ ।’ नेकपाको संसदिय दलका उप–नेता समेत रहनुभएका नेता नेम्बाङले भन्नुभयो–‘जनताको चाहाना अनुसार काम गर्न र छिटो परिवर्तन तथा विकासको अनुभुति दिन इलामका १० वटै स्थानीय तहले एकले अर्कोलाई सहयोग गरेर विकासको गतिमा हात मिलाउनुपर्छ ।’ प्रदेस र संघीय सरकारसँग समन्वय गर्दै स्थानीय सरकार एक भएर लागे ५ वर्षमै परिवर्तनको अनुभुति गर्न पाउने छन् , नेता नेम्बाङ्ले भन्नुभयो–‘छिमेकी देश चिनमा सम्पन्न नगरपालिकाले न्युन आय भएको नगरपालिकाको विकास र अर्थतन्त्रमा सहयोग गरेकै कारण तिब्र विकास भएको छ हामीले पनी इलामबाट शुरु गर्न जरुरी छ ।
तेस्रो जिल्ला सभाको उद्घाटन सत्रमा राष्ट्रिय सभाका सदस्य अगमप्रसाद बान्तवाले सरकार–सरकार बिचको समन्वयले मात्रै चाँडो विकास हुने बताउनुभयो । फरक फरक अधिकार भएका सरकारहरुले जनतालाई केन्द्रबिन्दुमा राखेर कामगर्नुपर्छ राष्ट्रिय सभा सदस्य बान्तवाले भन्नुभयो–‘अधिकार छ भनेर अड्डि कस्ने हैन एकले अर्कोलाई सहयोग र समन्वय गरि जनतालाई आर्थिक रुपमा सम्पन्न बनाउने खालका योजना कार्यान्वयन गर्नुपर्छ ।
कार्यक्रममा इलामबाट प्रतिनिधित्व गर्ने चार जानै प्रदेश सासंदहरुले पनि इलामको विकासका लागि प्रदेश, संघीय र स्थानीय सरकारका जनप्रनिधि र निकायहरुबिच समन्वय हुनुपर्नेमा जोड दिनुभएको छ । प्रदेश सभामा इलामबाट प्रतिनिधित्व गर्ने प्रदेश सासंद धिरेन्द्र सर्मा रमनले संविधान निर्माण र तीनै तहको निर्वाचन पछि बनेका सरकारहरुले विकास निर्माणका आधारहरु तयार गरिसकेकाले अबको क्रान्ति विकास निर्माणको हुने बताउनुभयो । अबको बाटो भनेको भौतीक र सामाविक विकास हो सासंद सर्माले भन्नुभयो–‘प्रदेश र संघीय सरकारबाट विनियोजन भएका बजेट र योजना कार्यान्वयन गर्दा स्थानीय तहहरुले समन्वय गरि काम गर्नु नै राम्रो हुन्छ ।’ सासंद सर्माले प्रदेश सरकारबाट ५ वर्षे र बहुवर्षे सडक योजनाहरु कार्यान्वयनमा ल्याइएकाले स्थानीय सरकारहरु र जिल्ला समन्वय समितिले कामको अनुगमन तथा समन्वय गरि अघि बढ्नुपर्छ ।’ कार्यक्रममा प्रदेश सासंद रामबहादूर राना मगरले इलामको विकासका लागि मझौला स्तरका योजना कार्यान्वयनको काम गरिरहेकाले जनताले चाँडै परिर्वतनको अनुभुति गर्ने बताउनुभयो ।
सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र विद्युतको पहुँच बढाउने खालका योजना हामीले प्रदेश सरकारबाट पारित गरेर ल्याएका छौँ प्रदेश सासंद रामबहादूर राम मगरले भन्नुभयो–‘प्रदेक स्थानीय तहमा एक खेलमैदान, एक जिल्ला एक रङ्शाला र हरेक तहमा ५ आधारभुत र ५ माध्यमिक विद्यालयमा प्राविधिक धारको पढाइ, खानेपानी र शौचालय निर्माणको काम हरेक वर्ष हुँदै आएका छन् ।’ भौगोलिक क्षेत्र समेटेर ठुला र आर्थिक वृद्धि गर्ने योजनाहरु कार्यान्वयनलाई प्राथमिकता दिएकाले इलामको विकासका लागि स्थानीय तहहरुले ती योजना कार्यान्वयका लागि समन्वय गर्नुपर्छ ।
कार्यक्रममा प्रदेश सासंद काजिमान कागतेले जिल्लाको विकास र निर्माणका लागि जिल्ला समन्वय समितिले समन्वयात्मक काम गर्नुपर्ने बताउनुभयो । जिल्लाको विकास कहाँ कति लगानी र कस्ता योजना निर्माण गर्नुपर्छ भन्ने योजना जिल्ला सभाबाट पास गर्नुपर्छ सासंद कागतेले भन्नुभयो–‘स्थान बिषेश र पछडिएको क्षेत्र छनौट गरि काम गर्न सके जिल्लाको समानुपातिक विकास गर्न सकिनेछ ।’ इलाम विकासका दृष्टिले अगाडी रहेपनि कतिपय क्षेत्रहरु अझैपनि धेरै पिछडिएकाले ती क्षेत्रको विकासका लागि काम गर्न जिल्ला समन्वय समितिले योजना निर्माण गरि प्रदेश र संघीय सरकारसँग समन्वय गर्नुपर्छ ।’ जिल्ला सभामा बोल्दै इलामबाट प्रतिनिधित्व गर्ने प्रदेश सासंद खिनु लङ्वा लिम्बुले इलाम कृषि उपज र पर्यटनको संभावना भएका क्षेत्र अधिक रहेकाले विकास निर्माणसँगै, कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकता राख्नुपर्ने बताउनुभयो ।
इलामको समानुपातिक विकासका लागि कृषि र पर्यटनमा धेरै लगानी गर्न आवश्यक भएकाले प्रदेश सरकारसँग समन्वय गरि पूर्वाधारसँगै अन्य विकासका योजना पनि अघि सारेको छौँ, सासंद लिम्बुले भन्नुभयो–‘इलाम जिल्लामा आएको बजेट यहाँ रहेका स्थानीय तहहरुको समन्वय र सहयोगले बजेट कार्यान्वयनका काम गर्नुपर्छ । निम्न आया भएका जनताहरुको आर्थिक अवस्था सुर्धानका लागि पर्यटन र कृषि क्षेत्रमा लगानी गरेमात्रै इलामको विकास हुने भएकाले त्यसलाई सासंद लिम्बुको भनाइ छ । जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालको अध्यक्षतामा भएको जिल्ला सभाको उद्घाटन सत्रमा उप–प्रमुख चित्रकला बराइलीले चालु आर्थिक वर्षको योजनाको प्रस्ताव पेश गर्नुभएको थियो ।