इलाम । मदन भण्डारी स्पाेर्टस एकाडेमी इलामको आयोजनामा भएको मेन्स डबल खुल्ला ब्याडमिन्टको उपाधी राजन दाहाल र मनोजचन्द ठकुरीको जोडीले हात पारेको छ । हिजो सम्पन्न फाइनलमा सुनिल चेम्जोङ र केबल श्रेष्ठको जोडीलाई पाखा लगाउँदै दाहाल र ठकुरी जोडीले उपाधी हात पारेको हो ।
उपाधीसंगै उनीहरुले नगद २० हजार रुपैया हात पारे । दोश्रो हुने जोडीले नगद १० हजार प्राप्त गरे । बिजेता तथा उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथी मदन भण्डारी फाउन्डेन एक नम्बर प्रदेशका अध्यक्ष सागर थापा र जिसस इलामका अध्यक्ष गणेश बरालले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरे । प्रतियोगितामा २२ टिमको सहभागीता रहेको थियो ।
समापन कार्यक्रमको अध्यक्षता एकाडेमी इलामका अध्यक्ष मिलन खत्रीले गरेका थिए ।