Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

फाल्गुनन्द मार्ग दमक चिसापानी रबि सडक पुरै कालोपत्रे हुँदै

फाल्गुनन्द मार्ग दमक चिसापानी रबि सडक पुरै कालोपत्रे हुँदै

  • चन्द्र तामाङ
  • बुधबार, असोज १ २०७६


फाल्गुनन्द मार्ग दमक चिसापानी रबि सडक पुरै कालोपत्रे हुँदै

इलाम । फाल्गुनन्द मार्ग दमक चिसापानी रबि सडकको सबै खण्ड कालोपत्रे हुने भएको छ । करीब २ दशक अघि देखि निर्माणाधिन झापाको दमक देखी इलामको चुलाचुली र माङसेबुङ गाउँपालिका र पाँचथर सम्म जोडिने सडक कालोपत्रे हुने भएको हो । सडक कालोपत्रेका लागि २ अर्बको टेण्डर खुलाएसँगै अब निर्माण कार्य पुरा हुने भएको हो ।
दमक चिसापानी रबि सडक निर्माण समितिका अनुसार नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय सडक डिभिजन कार्यालय दमकले बोलपत्र आब्हान गरी ठेक्का प्रक्रियालाई अघि बढाएको हो । मर्चेबुङ सम्म ७ किलोमिटरको गत बर्ष टेण्डर सकिएकोले यहाँदेखि बाँकी २ भागमा विभाजन गरि टेण्डर आब्हान गरिएको हो । जसमा मर्चेबुङ देखि मानपुर र मानपुरदेखि चिसोपानी पञ्चमी सम्म रहेको छ ।
दमकदेखि चिसापानी सम्मको सडकको बिस्तृत अध्ययन समेत २ बर्ष अघि भएको थियो । सडकलाई चीनको घाङला र भारतको फत्तेपुर सम्म त्रिदेशीय साझेदारीको रुपमा विस्तार गरिने योजना रहेकोले यसलाई सार्वजनिक चासोको रुपमा हामी सबैले लिनु पर्ने उपभोक्ता समितिका अध्यक्ष गगन पुरीले बताए ।
सडकलाई बहुबर्षीय योजनामा पारेको केहि समयपछि पुरै सडक कालोपत्रेका लागि आएको बजेट र बोलपत्र आह्वान समेत गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार