इलाम । ‘सुनिश्चित बाल अधिकार संमृद्व नेपालको आधार ‘ भन्ने नाराका साथ अमर मा।बि बरबोटे मा रहेको अभियान बालक्लबले विविध कार्यक्रम सन्चालन गरेको छ।क्लबकी अध्यक्ष प्रस्ना खतिवडा को अध्यक्षता र बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष गोबिन्द पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न प्रतियोगितामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो।
पुरस्कारको लागि करुणा फाउन्डेसनले सहयोग उपलब्ध गराएको थियो । वौदिक अपांगता स्रोत कक्षाका विद्यार्थीलाई म्युजिकल चियर, आधारभूत तह १–५ लाई चम्चा दौड र बेलुन फुटाउने खेल, आधाभुत तह ६–८ लाई चित्रकला र माद्यामिक तह स्तरीय बादबिवाद प्रतियोगिता सन्चालन भएका थिए ।
कार्यक्रमकै अबसरमा नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । जसमा उत्कृष्टलाई छ्नोट गरि पुरस्कृत गरिएको थियो।साथमा रेडक्रस, स्काउट र टिन्स क्लबले आ-आफ्नो प्रस्तुति गरेका थिए। कार्यक्रमकै अबसरमा शिक्षा दिवसको अबसर पारेर तहगत रुपमा सन्चालन भएका हाजिरीजबाफ प्रतियोगितामा प्रथम र द्वितीय हुने विद्यार्थीहरुलाइ समेत पुरस्कृत गरिएको शिक्षक अर्जुन शर्माले जानकारी दिए ।