Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

नेकपा इलामको प्रशिक्षण भोलीबाट, शिर्ष नेताहरुले सम्वोधन गर्ने

नेकपा इलामको प्रशिक्षण भोलीबाट, शिर्ष नेताहरुले सम्वोधन गर्ने

  • लोकल सन्देश
  • बिहिबार, भाद्र २६ २०७६


नेकपा इलामको प्रशिक्षण भोलीबाट, शिर्ष नेताहरुले सम्वोधन गर्ने

इलाम । नेपाल कम्युनिष्ट पार्टीले इलामको वृहत कार्यकर्ता प्रशिक्षण भोलीबाट सुरु हुँदैछ । नेकपाका शिर्ष नेताहरुले पहिलो पटक इलाम बजारमा कार्यकताहरुलाई सम्वोधन गर्नेछन् । भाद्र २७ र २८ गते हुने प्रशिक्षणको तयारी र नेताहरुको प्रशिक्षणको बिषयमा पार्टीकाे प्रचार विभागले आज पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । गत भाद्र ८ गतेको पार्टीको बैठकले वृहत प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो ।
गौतम बुद्ध सभागृहमा हुने प्रशिक्षणको खुल्ला सत्रलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पुर्व प्रधानमन्त्री झलनाथ खनालले सम्वोधन गर्नेछन् । त्यसैगरी बन्द सत्रको प्रशिक्षणमा पुर्वसभामुख एवम नेकपाका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले संविधान निर्माण र स्थानिय तहको कानुनको बिषयमा प्रशिक्षण दिनेछन् । स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले कम्युनिष्ट आन्दोलनको सुरुवात देखी हालसम्मको अवस्था, स्थायी कमिटी सदस्य वेदुराम भुषालले दर्शनशास्त्र र माक्सवाद, केन्द्रिय सदस्य बिजय पौडेलले अर्थ राजनितीको बिषयमा प्रशिक्षण दिनेछन भने केन्द्रिय सदस्य तथा प्रदेश संयोजक देवराज घिमिरेले सरकार र पार्टीको सम्वन्धको बारेमा कार्यकताहरुलाई प्रशिक्षित गर्नेछन् ।


प्रशिक्षणमा जिल्ला कमिटीका पदाधिकारी, सदस्यहरु, सल्लाहकार कमिटीका पदाधिकारी सदस्यहरु, प्रतिनिधिसभा क्षेत्रीय समन्वय कमिटीका सदस्यहरु, प्रदेशसभा क्षेत्रीय समन्वय कमिटीका सदस्यहरु, गाउँ र नगर कमिटीका पदाधिकारी, विभागका पदाधिकारी, वडा कमिटीका अध्यक्ष र सचिव तथा जनसंगठनका केन्द्रिय सदस्य र पदाधिकारी सहभागि हुने प्रचार विभाग प्रमुख नवराज शंकरले बताए ।
प्रशिक्षण कार्यक्रम सफल बनाउने नेकपा जिल्ला पार्टी कार्यालयको तयारी लगभग पुरा भइसकेको जनाइएको छ । प्रशिक्षणका लागी सभामुख नेम्वाङ र पुर्वप्रधानमन्त्री खनाल गृह जिल्ला इलाम आज नै आइपुगेका छन् । त्यसैगरी प्रचण्ड लगायत अन्य वक्ताहरु भोली आइपुग्ने नेकपा इलामले जनाएको छ ।
पार्टी एकिकरण ताकाकाे समस्या समाधान हुँदै : पुर्व प्रधानमन्त्री खनाल
गृह जिल्लाको प्रशिक्षणलाई सम्वोधन गर्न आउने क्रममा पुर्व प्रधानमन्त्री खनालले सुर्योदय नगरपालिकामा कार्यकताहरुलाई भेटेका छन् । भेटघाटका क्रममा सम्वोधन गर्दै खनालले पार्टी एकिरणको सुरुवातमा केही असहजता देखिएपनि अहिले समाधान भइसकेको बताए । उनले २ ठुला कम्युनिष्ट पार्टीको एकिकरणपछिको चुनावबाट स्थानिय कमिटीहरु भंग हुँदा केही समस्याहरु सृजित भएपनि अहिले सवै गठन प्रक्रियाले मुर्तरुप लिएको बताए । खनालले अहिले विश्वमा समाजवाद फैलदै गएको उल्लेख गर्दै अमेरिका जस्तो पुँजीवादी राष्ट्रले समेत समाजवादलाई अपनाउँदै गएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार