Local Sandesh मंगलबार, चैत्र ६ २०८०
  • ट्रेण्डिङ :

डा. दुलालको ‘काले दमाई’ र थपलियाको ‘प्रणयपथ’ विमोचन

डा. दुलालको ‘काले दमाई’ र थपलियाको ‘प्रणयपथ’ विमोचन

  • सन्देस सम्बाददाता
  • शुक्रबार, भाद्र २० २०७६


डा. दुलालको ‘काले दमाई’ र थपलियाको ‘प्रणयपथ’ विमोचन

इलाम । एउटै मञ्चबाट दुई लेखकका दुई कृति इलाममा विमोचन भएका छन् । चेतना नाट्य समूहको आयोजनामा भएको कार्यक्रममा साहित्यकार डा. देवी क्षेत्री दुलालद्वारा लिखित नाटक ‘काले दमाई’ र कवयत्री बालिका थपलियाद्वारा लिखित कविता संग्रह ‘प्रणयपथ’ बिमोचन गरिएको हो ।


दुवै कृतिको विमोचन साहित्यकार प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईले गरेका थिए । विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले निमुखा, सीमान्तकृत र दुखीहरुको अध्ययन गरेर अबको नेपाली साहित्य क्षेत्रलाई अघि बढाउन आवश्यक रहेको बताए । यस्तो कार्य नेपाली साहित्यमा भर्खरै सुरु भएको भन्दै उनले यसलाई बिस्तार गरेर अघि बढाउन सकेमात्र नेपाली साहित्य क्षेत्रलाई माथिसम्म उठाउन सकिने बताए । उनले नेपाली साहित्यको विकासमा सबै क्षेत्र लाग्नुपर्ने आवश्यक रहेको बताए ।


नाटक ‘काले दमाई’ डा. दुलालको १८ औं कृति हो । यसअघि उनको नाटक र उपन्यासलगायत १७ वटा कृति प्रकाशित भइसकेका छन् । ‘काले दमाई’ नाटक सामाजिक अभियानको बिम्ब रहको वक्ताहरुले बताए ।

डा दुलाले लेखनमा माध्यमबाट काले दमाईको योगदानलाई कृतिमा र समाजमा ल्याईदिएको महेन्द्र रत्न बहुमुखि क्याम्पसका पूर्व प्रमुख युद्धप्रसाद बैद्यले बताए । एक दलित परिवारमा जन्मिएर समाजसेवामा समर्पित काले दमाईको यथार्थ जीवनलाई चित्रण नाटक काले दमाईमा गरिएको छ । काले दमाई कृतिमा चेतना मिसिनुका साथै यथार्थपरक जीवन्त दिइएको टिप्पणिकार रभिमान लम्जेलले बताए ।


यस्तै थपलियाद्वारा लिखित कविता संग्रह ‘प्रणयपथ’ थपलियाको पहिलो कृति हो । उनको कृतिमा १ सय ३ वटा कविता संग्रहित छन् । थपलियाको कविता संग्रहमा माया, प्रेम, दविएका पीडा, विभिन्न विकृति र विसंगतिहरुको विषयमा लेखिएका कविताहरु समावेश रहेका छन् । ‘प्रणयपथ’ कविता संग्रहले प्रेम माया र त्यहाँभित्रका बेदनालाई दर्शाउन खोजेको भन्दै वक्ताहरुले यस कृतिले पाठकको मन जित्ने विश्वास व्यक्त गरे । वक्ताहरुले नेपाली भाषा र साहित्य समृद्ध पार्न सबैले आआफनो क्षेत्रबाट सिर्जनात्मक र रचनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा इलाम नगरपालिकाका विशिष्ट नागरिक युद्धप्रसाद वैद्य, साहित्यकारहरु अञ्जना वस्ती, रविमान लम्जेल, भारत सिलगुडीका साहित्यकार मुक्ति बराल सहित झापा र पाँचथरका दर्जन बढी साहित्यकारहरुको उपस्थिती थियो । चेतना नाट्य समूहका अध्यक्ष सुरेश पोर्तेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन इश्वरी तामाङले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार