Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

नेकपा इलामकाे अर्थ तथा योजना विभागमा ४ जना सदस्य मनाेनयन

नेकपा इलामकाे अर्थ तथा योजना विभागमा ४ जना सदस्य मनाेनयन

  • सन्देश सम्वाददाता
  • सोमबार, भाद्र १६ २०७६


नेकपा इलामकाे अर्थ तथा योजना विभागमा ४ जना सदस्य मनाेनयन

इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इलाम जिल्ला कमिटीअन्तर्गत जिल्ला अर्थ तथा योजना विभागको बैठकले ४ जना सदस्यहरु मनोनयन गरेको छ । विभाग प्रमुख गणेशप्रसाद बरालको अध्यक्षता तथा पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज धिरेन्द्र शर्मा (रमण) को प्रमुख आतिथ्यतामा भएको बैठकले विभागको सदस्यमा डा दिलनाथ (डि.एन) फुएल, कमलप्रसाद नेपाल, सुनिता फोम्बो सुब्बा र सम्झना बस्नेतलाई मनोनयन गरेको हो ।
विभागको बैठकले पार्टी र सरकार सञ्चालनको लागि अर्थ तथा योजना सम्बन्धी सुझाव तथा योजना तयार गरेर पार्टी कमिटी समक्ष पेश गर्ने निर्णय गरेको छ । बैठकमा पार्टी जिल्ला कार्यालय सदस्य  भक्त केसी र जिल्ला सचिवालय सदस्य एवं कार्यालय सचिव  नवराज शंकर लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार