यु–१५ महिला टिमको केन्द्रिय छनौटमा इलामकी प्रिया र जेनिफर
प्रदेश नं एकबाट छनौट हुने खेलाडी

इलाम । भुटानमा आयोजना हुने साफ यू–१५ राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको केन्द्रिय छनौटका लागी इलामबाट २ जना खेलाडी परेका छन् । काठमाण्डौमा आगामी भाद्र ४ गते हुने छनौटका लागी सुर्योदय नगरपालिकाकी जेनिफर राना मगर र रोङ गाउँपालिकाकी प्रिया बस्नेत परेका हुन । प्रियाले इलामको सिनियर महिला टिमबाट राष्ट्रिय स्तरका खेलाडीहरुसँगको प्रतिस्पर्धाको अनुभव बटुलिसकेकी छन् । त्यसैगरी जेनिफर भरखरै मात्र प्रदेश स्तरको टिममा परकी हुन् । प्रिया र जेनिफरसंग प्रदेश एकबाट छनौट भएका २२ जना खेलाडीको नाम सार्वजनिक भएको छ । धरान टेक्निकल सेन्टरमा २ दिन लगाएर प्रदेश नं एकको १४ जिल्लाबाट खेलाडी छनौट गरिएको थियो । सबैभन्दा बढी सुनसरीबाट ११ जना खेलाडी छनौट भएका छन् । मोरङबाट ४ जना, धनकुटाबाट ३ जना, इलामबाट २ जना, उदयपुर र झापाबाट १/१ जना छनौट भएका छन् ।
७ वटै प्रदेशबाट छनौट भएको खेलाडीहरुबिच भाद्र ४ गते काठमाण्डौमा अन्तिम छनौट गर्ने एन्फाको तयारी रहेको छ । प्रदेश नं एकका प्रशिक्षक सचिन्द्र धिमालले छनौटमा सहभागी हुने खेलाडीको संख्या बढ्न सक्ने बताए । ‘अहिले २२ जना छनौट गरेर नाम सार्वजनिक गरेका छौ ।’ उनले भने ‘पहाडी विकट जिल्लाका खेलाडीहरु छनौटमा सहभागी हुन सकेनन् तर केन्द्रिय छनौटमा सहभागी गराउने जिल्ला फुटबल संघले प्रतिवद्धता गरेका छन् । २५ पुग्न सक्छ ।’ भनसुन र पहुँचको आधारमा नभई खेलाडीहरुको क्षमताको आधारमा २२ जना छनौट गरिएको धिमालले बताए ।
एन्फाको नियम अनुसार केन्द्रिय छनौटमा सहभागी हुनेहरुले खान बस्न आफै व्यवस्था गर्नुपर्ने भएकाले केन्द्रिय छनोटमा जाने खेलाडीको संख्या एकिन भन्न नसकिने धिमालले बताए । केन्द्रिय छनौटबाट क्लोज क्याम्पमा पर्ने ३५ जना खेलाडीहरुलाई एन्फाले व्यवस्थापन गर्ने धिमालले बताए । भुटानमा आयोजना हुने साफमा नेपाल सहित बंगलादेश, भारत, भुटान र श्रीलङ्काले सहभागीता जनाउने छन । प्रतियोगिता असोज २२ बाट २८ सम्म भुटानको राजधानी थिम्पुस्थित चाम्लिङथाङ रंगशालामा आयोजना हुनेछ ।
पहिलो खेलमा नेपालले भारतको सामना गर्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सबै प्रदेशमा प्रशिक्षक नियुक्त गरेर खेलाडी छनौट गरेको छ । यु–१५ महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा राकेश श्रेष्ठ, सहायक प्रशिक्षकमा भगवती थापा र गोलरक्षक प्रशिक्षकमा मीन बस्नेतलाई जिम्मेवारी दिएको छ ।
प्रदेश नं एकबाट छनौट हुने खेलाडी
सुनसरी : कविता चौहान, टेरेसा मगर, पुष्पा चौहान, आसिका बोहोरा, सुस्मिता राई, जिनु राई, सदिक्षा राई, सिता कार्की, सुमिना आले मगर, अनुजा प्रधान, भुमिका राई ( गोलकिपर)
मोरङ : एरिना राई, कामना राई, आरती राई, रेजिना धिमाल (गोलकिपर)
धनकुटा : सन्ध्या रम्तेल, अनिसा बैजु, अन्जना थुलुङ राई,
इलाम : जेनिफर राना मगर, प्रिया बस्नेत
उदयपुर : मनिता तामाङ
झापा : मनिषा राउत
प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट

फिक्कल । पूर्व प्रधानमन्त्री एव् इलाम निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद झलनाथ खनालले...

इलाम । नेपाली महिला राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले सबैभन्दा बढी गोल गर्ने पुर्व...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली १० दिन लामो उपचारपछि बिहीबार दिउँसो अस्प्तालबाट डिस्चार्ज भएका...

फिक्कल । पूर्व प्रधानमन्त्री तथा संघीय सांसद झलनाथ खनालले एक इन्च पनि नेपाली भूमी छोड्न...

एकतप्पा । ‘समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता’ भन्ने मूल नाराका इलामको फाकफोकथुम गाउँपालिका वडा नं।...

पशुपतिनगर । पाँच दिवसीय प्रथम सूर्योदय पर्यटन नगर महोत्सव आज सम्पन्न भएको छ । नगरको...

फाकफोकथुम : लिम्बुहरूको महान चाँड चासोक तङ्नाम को अवसरमा चासोक तङ्नाम नक्आउट फुटबल प्रतियोगिता बुधवार...

लारुम्बा । उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले विकासका लागी स्थानिय सरकारको मुख ताक्ने दिन...
चर्चित

इलाम । इलामको सुर्योदय नगरपालिकामा रहेका जनप्रनिधिहरुले सरकारी सवारीसाधनको दुरुपयोग गर्ने...

डम्बर खडका इलामका चर्चित राजनितिज्ञ एवम निर्माण व्यवसायी हुन । २०३१...

रोङ रोङ गाउँपालिका झापासँग जोडिएको इलामको गाउँपालिका हो । गाउँपालिकामा मेची...

इलाम । आजभन्दा ५० वर्ष अगाडि इलामको आइतबारेमा लागेको हाटबजार नै...