गोर्खे । भारतसँग सीमा जोडिएको इलामको सुर्योदय नगरपालिका १ को गोर्खे लामिधुरा सडक स्तरउन्नतीका लागि सर्भे शुरु भएको छ ।
वडा नं १ को मानेभञ्ज्याङ देखि फेदिखोला लामीधुरा मङ्लबारे गोर्खे ऋषिमोड सडकको ७ कि मी स्तरउन्नतिको लागि डिपिआर शुरु भएको हो ।

DPR ub IUDP consultant काठमाण्डौको प्राविधिक टोलीले सडक स्तरउन्नतीका लागि सर्भेको काम अहिले गरिरहेको छ ।

सहरी विकास मन्त्रालयले काम गर्ने गरी स्वीकृत भएको सडक स्तरउन्नती भएपछि कृषि उपज निर्यातमा सहज हुने भएको स्थानीयबासीको भनाइ छ । नेपाल र भारतका सीमा क्षेत्रमा पर्ने इलामका पर्यटकीय क्षेत्रमा पर्यटक आवतजावतका लागि सडक स्तरउन्नती भएपछि सहज हुनेछ ।