दिवङ्गत भएका आफन्तका सम्झनामा इलाममा पनि गाइजात्रा

इलामः नेपाल भाषा तथा संस्कृति समाज इलामले सदरमुकाममा गाइजात्रा निकालेको छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तका सम्झनामा गाइजात्रा निकालिएको हो । गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा यो जात्रा निकालिन्छ । बिषेश गरेर नेवार समुदायले यो जात्रा निकाल्ने गर्दछ । गाई वा गाइका रुपमा वजारमा निकालिएकाहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, तथा अन्न र द्रव्य समेत दान गर्ने चलन छ ।
गाइजात्रा परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । वर्षभरी मृत्यू भएका सातवटा घरबाट गाइजात्रा निकालिको नेपाल भाषा तथा संस्कृति समाज इलामका सल्लाहाकार कृष्ण श्रेष्ठले जानकारी दिए । जनै पूर्णिमाका भोलीपल्ट यो जात्रा निकालिने गरिन्छ ।
राजा प्रताप मल्लले पुत्रशोकमा परेकी आफ्नी श्रीमतीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई आआफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउन आदेश दिएकाले हाल पनि यो पर्व मनाइने गरेको हो । यतिले पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गरेर नाचगान तथा मृत व्यक्तिको सम्झनामा यो पर्व मनाउने गरिएको जनविश्वास छ ।
गाइजात्रा जिल्लाको देउमाई नगरपालिकाको मंगलबारेमा पनि गाइजात्रा निकालिएको छ । सूर्योदय नगरपालिकाको फिक्कल लगायतका स्थानमा समेत निकालिने गरिन्छ । नेवार समुदायले जिल्लामा लाखे जात्रा पनि निकालीरहेको छ ।
प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट

इलाममा जन्मिएकी उसु खेलाडी जुनी राईको १२ औ दक्षिण एसियाली खेल सागमा स्वर्ण जित्ने सपना...

फिक्कल । सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राई प्रदेश नम्बर एकको प्रादेशिक समन्वय समितिको सदस्यमा...

इलाम– दुुध उत्पादनमा नामुद मानिने इलाममा डेरी उद्योगमा युवाको आकर्षण बढ्दै गएको छ । सानो...

फिक्कल । पूर्व प्रधानमन्त्री एव् इलाम निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद झलनाथ खनालले...

इलाम । नेपाली महिला राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले सबैभन्दा बढी गोल गर्ने पुर्व...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली १० दिन लामो उपचारपछि बिहीबार दिउँसो अस्प्तालबाट डिस्चार्ज भएका...

फिक्कल । पूर्व प्रधानमन्त्री तथा संघीय सांसद झलनाथ खनालले एक इन्च पनि नेपाली भूमी छोड्न...

एकतप्पा । ‘समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता’ भन्ने मूल नाराका इलामको फाकफोकथुम गाउँपालिका वडा नं।...
चर्चित

इलाम । इलामको सुर्योदय नगरपालिकामा रहेका जनप्रनिधिहरुले सरकारी सवारीसाधनको दुरुपयोग गर्ने...

डम्बर खडका इलामका चर्चित राजनितिज्ञ एवम निर्माण व्यवसायी हुन । २०३१...

रोङ रोङ गाउँपालिका झापासँग जोडिएको इलामको गाउँपालिका हो । गाउँपालिकामा मेची...

इलाम । आजभन्दा ५० वर्ष अगाडि इलामको आइतबारेमा लागेको हाटबजार नै...