इलाम । नेपाल कम्युनिष्ट पार्टी इलाम जिल्ला सचिवालयको पहिलो बैठकले विभिन्न बिभाग गरेको छ । जिल्ला कमिटी अध्यक्ष रामबहादुर मगरको अध्यक्षता एवं स्थायी कमिटी सदस्य, संविधानसभा अध्यक्ष तथा संसदिय दलको उपनेता सुबासचन्द्र नेम्बाङ्गको प्रमुख आतिथ्यता जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ। बैठकमा पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज धिरेन्द्र शर्मा रमण र राष्ट्रियसभा सदस्य अगमप्रसाद वान्तवाको उपस्थिति थियो । बैठककले ४३ सदस्य जिल्ला सल्लाहकार कमिटी गठन गरेको छ । जसको अध्यक्षमा लालबहादुर (एल.बि.) सुब्बा सचिवमा तिलकसिंह साउदेन सदस्यहरुमा पूर्णबहादुर बस्नेत,सुर्यप्रसाद सापकोटा, हरि पराजुली, कमलसिंह मादेन, केयरसिंह योङहाङ, भवानी पराजुली, अम्बिका बराल, रमेश काफ्ले, विनोद देवान, कमल मुखिया, सनथ पराजुली, देउप्रकाश राई, हर्कधन तामाङ्ग, खिलनाथ गुरुङ रहेका छन् ।
यस्तै रुद्र प्रधान, जिवनाथ सापकोटा, भिम भट्टराई, केदार सापकोटा, गणेश राई, होम तिखत्री, उमाकान्त विश्वकर्मा, भक्त राई, देशबहादुर राई, भवानी लिङ्देन, उमाकान्त रेग्मी,मदन प्रधान, बालकृष्ण भट्टराई सल्लाहाकार समितिको सदस्य रहेका छन् । यस्तै देउकला राई, पुण्य नेपाल, तारा नेपाल, टेकबहादुर लिङ्दम, तिलरुपा मैनाली, सुर्य लिम्बू, दानबहादुर तामाङ्ग, पदम खत्री, राजबहादुर राई, राधा देउजा, चन्द्रकला दाहाल, नर प्रसाद फागो, कौमाया राई र सकुन्तला दाहाल सल्लाहाकार समितिको सदस्य रहेका छन् ।
बैठकले २३ वटा विभागहरु गठन गरि संयोजक र सह–सयोजकको पनि टुङ्गो लगाएको छ । बैठकले अर्थ तथा योजना विभागको प्रमुखमा गणेशप्रसाद बराल उप–प्रमुखमा जीवन शर्मा ढुङ्गाना चयन गरेको छ भने सदस्यमा काजिमान कागते, याम अधिकारी, धनबहादुर गुरुङ्ग, डा. देवि दुलाल र संजिप राई रहेका छन् । उद्योग तथा वाणिज्य विभागको प्रमुखमा भोजप्रसाद खतिवडा (भीष्म) र
उप–प्रमुख नरेश तामाङ्ग (अमर) जिम्मेवारी तोकिएको छ । विभागको सदस्यमा कमल गदाल, तुल्सी सुब्बा, बिष्णुमाया खवास, डम्बर लुङ्गेली र दिपकराज गौतम रहेका छन् ।
यस्तै पार्टीको उपभोक्ता हित तथा आपूर्ती विभागको प्रमुखमा शोभा पराजुली उप–प्रमुख गिताराम रसाइली तोकिएको छ । विभागको सदस्यहरुमा राममाया राई, हरिवाला राई, ज्ञानेन्द्र लाम्गादे, भिम थामी, हेम फागो र पवन शंकर रहेका छन् । कृषि तथा भुमिसुधार विभागको प्रमुखमा टेकबहादुर राई उप–प्रमुखमा राम संजेल रहेका छन भने सदस्यहरुमा मुना राई, नारायण लावती, दाताराम संजेल, पवित्रा अधिकारी र नन्द राना मगर रहेका छन् । कोष तथा आर्थिक व्यवस्थापन विभागको प्रमुखमा नरेन्द्रनाथ भट्टराई उप–प्रमुख धिरेन चेम्जोङ्ग रहेका छन् भने सदस्यहरुमा छवि श्रेष्ठ र गंगाप्रसाद भुर्तेल छन् ।
बैठकले खानेपानी तथा सरसफाइ विभागको प्रमुखमा शान्ता बस्नेत (सर्कल) उप प्रमुख मनराज जबेगु रहेका छन् भने दुर्गामाया पोख्रेल आचार्य, गिता पराजुली र दानबहादुर तामाङ सदस्य रहेका छन् । यस्तै जलस्रोत, सिचाई तथा उर्जा विभागको प्रमुखमा उदय राई उप–प्रमुख स् क. बिक्रम लिम्बू चयन भएका छन् भने सदस्यहरुमा सन्तराम योङ्हाङ, भोजबहादुर बोहोरा, सावित्रा गड्तौला र बृहस्पती खतिवडा रहेका छन् ।
बैठकले निर्वाचन विभागको प्रमुखमा जसबहादुर लुङ्गेली उप–प्रमुख . पोष्टराज लामिछाने रहेका छन् भने सदस्यहरु छिरिङ मोक्तान र सावित्रा सिवा रहेका छन् । त्यस्तै न्याय, कानुन तथा मानव अधिकार विभागको प्रमुखमा देवेन्द्रकुमार विश्वकर्मा उप–प्रमुखमा अशोक प्रधान,सदस्यहरु प्रकाश अधिकारी, सरस्वती राई र न्युसन राई चयन भएका छन् । यस्तै पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयन विभागको प्रमुखमा आर.बि. राई उप–प्रमुखमा कुविरमान राई सदस्यहरुमा. केशवकुमार धौराली, नरेन्द्र जबेगु र हिमान राई चयन भएका छन् । प्रचार तथा प्रकाशन विभागको प्रमुखमा नवराज शंकर उप–प्रमुख प्रकाशकुमार परियार सदस्यहरुमा नोमनाथ खतिवडा र संगिता थामी रहेका छन् ।
बैठकले पार्टीको स्कुल विभाग प्रमुखमा तेजबहादुर राई (विजय) उप–प्रमुखमा. शिखरनाथ सापकोटा सदस्यहरुमा गोपाल नेपाल र श्याम राई रहेका छन् । यस्तै भौतिक पुर्वाधार तथा यातायात व्यवस्था विभागको
प्रमुखमा अनिल बराईली उप–प्रमुख अरुण बराल र सदस्यहरु रोमबहादुर लुङ्गेली र हेमन्त राईलाई जिम्मेवारी दिइएको छ । पार्टीको युवा तथा खेलकुद विभागको
प्रमुखमा उमेश गुरुङ्ग उप–प्रमुखमा राजकुमार थापा (सन्देश)सदस्यहरु बद्री खड्का, निर्भीक चित्रकार, मुना शर्मा, अर्जुन राई, दावा शेर्पा र सदिप तामाङ्ग रहेका छन् । पार्टीको वन तथा वातावरण विभागको प्रमुखमा ओमनारायण खनाल
उप–प्रमुख जनम खम्बु र सदस्यहरुमा सुकबहादुर लावती, रत्न अधिकारी, लिलाकुमार राई र देवकुमार राई रहेका छन् ।
यस्तै शिक्षा तथा मानवश्रोत विभागको प्रमुखमा श्यामकृष्ण घिमिरे, उप–प्रमुखमा गन्जबहादुर प्रधान सदस्यहरुमा जे.बि. फिलिहाङ्ग, प्रकाश खनाल, विन्दु विश्वकर्मा, छत्र सुब्बा, रिप्पल राई, सदन राई, हुकुम थामी र डकिन्द्र योङ्हाङ रहेका छन् ।
बैठकले श्रम तथा रोजगार विभागको प्रमुखमा दिपक सिन्चुरी उप–प्रमुखमा रबिन्द्र सुवेदी सदस्यहरुमा द्रौपदा बस्नेत, कृष्ण पाठक, रमेश खड्का र के.बि. वान्तवा रहेका छन् । बैठकले संगठन विभाग प्रमुखमा भक्त के.सि. उप–प्रमुख धनकुमार राई (सोनाम) सदस्यहरुमा चित्रकला बराईली, तेजमाया गुरुङ्ग, बुद्धि खनाल, श्रीमान राई, किरण राई, गोविन्द न्यौपाने, कृष्ण गुरुङ्ग, जितबहादुर राई, प्रेमराज लिम्बू र धनकुमार लिम्बू रहेका छन् । यस्तै सहकारी तथा गरिबी निवारण विभागको प्रमुखमा कृष्णप्रसाद श्रेष्ठ
उप–प्रमुख ताराबाबु सुवेदी सदस्यहरु छत्र बराईली, रोजि राई, दिलु लावती र अनुप राई रहेका छन् । यस्तै शहरी विकास विभागको प्रमुखमा छविलाल आचार्य (प्रवाश)उप–प्रमुख सुरेशकुमार नेम्बाङ्ग सदस्यहरुमा याम सुवेदी, धनप्रसाद योङ्हाङ्ग, हरि राई र पवित्रा ढकाल रहेका छन् । बैठकले साहित्य, कला तथा संस्कृती विभाग प्रमुखमा याम राई उप–प्रमुखमा सन्धि भक्त शंकर र सदस्यमा दिप्किशोर चयन गरेको छ ।