इलाम । शिक्षा विकास तथा समन्वय इकाइ इलामको आयोजना तथा समुदाय प्रहरी जिल्ला समिति इलामको सहकार्यमा वालक्लवका बिद्यार्थीहरु माझ सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ इलामको सभाहलमा शुक्रबार सम्पन्न कार्यक्रममा इलाम नगरपालिकाका १० वटा बिद्यालयका वालक्लवका बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा लागु औषध, साइवर अपराध, बालयौन दुब्र्यवहार, बाल विवाह बारे कानुनी व्यवस्था र प्रहरीको काम कर्तव्यका बारे जिल्ला प्रहरी कार्यालय इलाममा प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई इलामका प्रमुख शम्भुनाथ थापा मगर, शाखा अधिकृत डम्वर बहादुर सुबेदी, शाखा अधिकृत अम्बिका प्रसाद खनालको सहभागिता रहेको थियो ।
कार्यक्रममा आर्दश माध्यमिक विद्यालय ,अमर माध्यमिक विद्यालय, प्रज्ञा सदन, मन्टेश्वरी, ग्रीन भ्याली, समता, हेरीटेज, जुबिलेन्ट इलाइट र ज्योती बिद्या मन्दिर इलामका वाल क्लवका बिद्यार्थिहरुको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले बताउनुभयो ।