Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामे सर्जक शिशिरको पानी भर्ने सार्वजनिक

इलामे सर्जक शिशिरको पानी भर्ने सार्वजनिक

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन १६ २०७६


इलामे सर्जक शिशिरको पानी भर्ने सार्वजनिक

इलाम । जिल्ला आसपास हुने साहित्यीक कार्यक्रमहरुमा सशक्त उपस्थिती देखाउने इलामका चर्चित गजलकार शिशिर भट्टराईको रेकर्ड भएको पहिलो गजल पानी भर्ने को म्युुजिक भिडियो सार्वजनिक भएको छ । अञ्जु पन्तको स्वर रहेको गितमा इलामे श्रष्टा रचना र संगित रहेको छ । इलाम सिद्दिथुम्का घर भई हाल अमेरिका बस्दा आएका मुरारी गुरागाईले संगीत दिएका छन् । गजलमा ग्रामिण परिवेशका बिम्बहरुलाई गजलकारले सालिन र कलात्मक रुपमा लिपिबद्ध गरेका छन् । कोरियोग्राफर गम्भिर विष्टको निर्देशन रहेको म्युजिक भिडियोमा विष्ट र जेविका कार्कीको अभिनय रहेको छ ।
हजुर आउनु पधेरीमा, पानी भर्न आउँछु
पानी भर्ने निहुँ गरी नजर पर्न आउँछु ।।
चुरा दिनु, पोते, दिनु दिनु सिन्दुर पनि,
र’पो साँझ परेपछि नजिक सर्न आउँछु ।।

https://www.youtube.com/watch?v=rrUaCHG-Y3s

प्रतिक्रिया
सम्बन्धित समाचार