Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

सागका लागि महिला फुटबल टोलीको प्रशिक्षण

सागका लागि महिला फुटबल टोलीको प्रशिक्षण

  • सन्देश सम्वाददाता
  • सोमबार, साउन १३ २०७६


सागका लागि महिला फुटबल टोलीको प्रशिक्षण

इलाम । आगामी मंसिरमा हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि हिजाेबाट नेपाली महिला राष्ट्रिय फुटबल टिमले प्रारम्भिक प्रशिक्षण सुरु गरेको छ। एन्फा कम्प्लेक्समा सुरु भएको प्रशिक्षणको पहिलो चरणमा केही नयाँ अनुहारसहित ४२ खेलाडीलाई बोलाइएको छ। नेपाली यु–१९ टिमका ८ जना खेलाडीले पहिलो पटक सिनियर टोलीको प्रशिक्षणमा स्थान बनाएका हुन्।
झापाकी सम्झना लावती, काठमाडौंकी प्रीति राई र मनीषा थापा तथा रौतहटकी रोजिना श्रेष्ठ, रेविका राई, सलोनी राना मगर, सविता राना मगर र मनीषा रावत पहिलो पटक राष्ट्रिय टिमको प्रारम्भिक टिममा बोलाइएका छन्। ४२ सदस्यीय तयारी टोलीमा विभागीय टोलीहरुकै दबदवा रहेको छ । जसमा शसस्त्र प्रहरीको एपिएफ र आर्मीबाट १२÷१२ जनाले स्थान बनाएका छन् । पुलिसको ७ जना, रौतहटको ८ जना, काठमाडौँको २ र झापाको १ जनालाई सुरुवाती प्रशिक्षणमा बोलाइएको एन्फाले जनाएको छ । प्रशिक्षण साँझ ५ बजेबाट हुनेछ । पहिलो दिन ४२ मध्ये २९ खेलाडी प्रशिक्षणमा सहभागी भएका छन् ।
कुन–कुन टिमबाट को को
एपीएफः निशा थोकर, सरु लिम्ब, एन्जिला तुम्बाप्पो सुब्बा, मञ्जली कुमारी योन्जन, रेखा पौडेल, हिरा कुमारी भुजेल, गिता राना, मनमाया लिम्बु, रेनुका नगरकोटी, अनिता बस्नेत, सावित्रा भण्डारी र अनिता केसी
आर्मीः विमला विश्वकर्मा, पुजा राना, पुनम जर्घा मगर, अन्जना राना मगर, सुनिता चौधरी, कविता धिमाल, इन्दिरा राई, सर्मिला थापा, दिपा राई, सपना लामा, बिमला चौधरी र कृष्णा खत्री रौतहटः समिक्षा घिमिरे, वसन्ती नाथ घिमिरे, रश्मी कुमारी घिसिङ, मनिषा रावत, सविता राना मगर, सलोनी राना मगर, रेविका राई र रोजिना श्रेष्ठ
पुलिसः निरु थापा, दिपा न्यौपाने, उषा नाथ, घिम कुमारी गुरुङ्ग, अमृता जैसी, सृजना खड्का र निर्मला विश्वकर्मा
काठमाण्डौः प्रीति राई र मनीषा थापा
झापाः सम्झना लावती
साग खेलकुद मंसिर १५ देखि २५ सम्म नेपालमा आयोजना हुँदैछ । नेपालमै आयोजना हुने सागको महिला फुटबल पोखरामा हुने बताइएको छ। एन्फाले सागका लागि मुख्य प्रशिक्षकमा हरि खड्का, सहायक प्रशिक्षकमा अरुणा गुरुङ र गोलरक्षक प्रशिक्षकमा अस्मिता खवासलाई जिम्मेवारी दिएको छ। अस्मिताले यसअघि १९ वर्षमुनिको टोलीलाई प्रशिक्षण दिएकी थिइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार