सागका लागि महिला फुटबल टोलीको प्रशिक्षण

इलाम । आगामी मंसिरमा हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि हिजाेबाट नेपाली महिला राष्ट्रिय फुटबल टिमले प्रारम्भिक प्रशिक्षण सुरु गरेको छ। एन्फा कम्प्लेक्समा सुरु भएको प्रशिक्षणको पहिलो चरणमा केही नयाँ अनुहारसहित ४२ खेलाडीलाई बोलाइएको छ। नेपाली यु–१९ टिमका ८ जना खेलाडीले पहिलो पटक सिनियर टोलीको प्रशिक्षणमा स्थान बनाएका हुन्।
झापाकी सम्झना लावती, काठमाडौंकी प्रीति राई र मनीषा थापा तथा रौतहटकी रोजिना श्रेष्ठ, रेविका राई, सलोनी राना मगर, सविता राना मगर र मनीषा रावत पहिलो पटक राष्ट्रिय टिमको प्रारम्भिक टिममा बोलाइएका छन्। ४२ सदस्यीय तयारी टोलीमा विभागीय टोलीहरुकै दबदवा रहेको छ । जसमा शसस्त्र प्रहरीको एपिएफ र आर्मीबाट १२÷१२ जनाले स्थान बनाएका छन् । पुलिसको ७ जना, रौतहटको ८ जना, काठमाडौँको २ र झापाको १ जनालाई सुरुवाती प्रशिक्षणमा बोलाइएको एन्फाले जनाएको छ । प्रशिक्षण साँझ ५ बजेबाट हुनेछ । पहिलो दिन ४२ मध्ये २९ खेलाडी प्रशिक्षणमा सहभागी भएका छन् ।
कुन–कुन टिमबाट को को
एपीएफः निशा थोकर, सरु लिम्ब, एन्जिला तुम्बाप्पो सुब्बा, मञ्जली कुमारी योन्जन, रेखा पौडेल, हिरा कुमारी भुजेल, गिता राना, मनमाया लिम्बु, रेनुका नगरकोटी, अनिता बस्नेत, सावित्रा भण्डारी र अनिता केसी
आर्मीः विमला विश्वकर्मा, पुजा राना, पुनम जर्घा मगर, अन्जना राना मगर, सुनिता चौधरी, कविता धिमाल, इन्दिरा राई, सर्मिला थापा, दिपा राई, सपना लामा, बिमला चौधरी र कृष्णा खत्री रौतहटः समिक्षा घिमिरे, वसन्ती नाथ घिमिरे, रश्मी कुमारी घिसिङ, मनिषा रावत, सविता राना मगर, सलोनी राना मगर, रेविका राई र रोजिना श्रेष्ठ
पुलिसः निरु थापा, दिपा न्यौपाने, उषा नाथ, घिम कुमारी गुरुङ्ग, अमृता जैसी, सृजना खड्का र निर्मला विश्वकर्मा
काठमाण्डौः प्रीति राई र मनीषा थापा
झापाः सम्झना लावती
साग खेलकुद मंसिर १५ देखि २५ सम्म नेपालमा आयोजना हुँदैछ । नेपालमै आयोजना हुने सागको महिला फुटबल पोखरामा हुने बताइएको छ। एन्फाले सागका लागि मुख्य प्रशिक्षकमा हरि खड्का, सहायक प्रशिक्षकमा अरुणा गुरुङ र गोलरक्षक प्रशिक्षकमा अस्मिता खवासलाई जिम्मेवारी दिएको छ। अस्मिताले यसअघि १९ वर्षमुनिको टोलीलाई प्रशिक्षण दिएकी थिइन्।
प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट

फिक्कल । पूर्व प्रधानमन्त्री एव् इलाम निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद झलनाथ खनालले...

इलाम । नेपाली महिला राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले सबैभन्दा बढी गोल गर्ने पुर्व...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली १० दिन लामो उपचारपछि बिहीबार दिउँसो अस्प्तालबाट डिस्चार्ज भएका...

फिक्कल । पूर्व प्रधानमन्त्री तथा संघीय सांसद झलनाथ खनालले एक इन्च पनि नेपाली भूमी छोड्न...

एकतप्पा । ‘समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता’ भन्ने मूल नाराका इलामको फाकफोकथुम गाउँपालिका वडा नं।...

पशुपतिनगर । पाँच दिवसीय प्रथम सूर्योदय पर्यटन नगर महोत्सव आज सम्पन्न भएको छ । नगरको...

फाकफोकथुम : लिम्बुहरूको महान चाँड चासोक तङ्नाम को अवसरमा चासोक तङ्नाम नक्आउट फुटबल प्रतियोगिता बुधवार...

लारुम्बा । उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले विकासका लागी स्थानिय सरकारको मुख ताक्ने दिन...
चर्चित

इलाम । इलामको सुर्योदय नगरपालिकामा रहेका जनप्रनिधिहरुले सरकारी सवारीसाधनको दुरुपयोग गर्ने...

डम्बर खडका इलामका चर्चित राजनितिज्ञ एवम निर्माण व्यवसायी हुन । २०३१...

रोङ रोङ गाउँपालिका झापासँग जोडिएको इलामको गाउँपालिका हो । गाउँपालिकामा मेची...

इलाम । आजभन्दा ५० वर्ष अगाडि इलामको आइतबारेमा लागेको हाटबजार नै...