Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामको शान्ति निकेतन र अमर मावि नमुना विद्यालय छनौट

इलामको शान्ति निकेतन र अमर मावि नमुना विद्यालय छनौट

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन २ २०७६


इलामको शान्ति निकेतन र अमर मावि नमुना विद्यालय छनौट

इलाम । इलामको २ वटा विद्यालय नमुना विद्यालयको रुपमा छनौट भएका छन् । नेपाल सरकारको विद्यालय सक्षमतामा सुधार गरी शिक्षामा रुपान्तरणको गतिलाई तिव्रता दिने उद्धेश्यले विद्यालय क्षेत्र विकास योजनामा रोङ गाँउपालिका–३ कुटिडाँडाको शान्ति निकेतन मा.वि र इलाम नगरपालिका–५ बरबोटेको अमर मा. वि छनौट भएका हुन ।
स्थानिय तहगत रुपमा छनौट हुने गरी आवेदन दिएका ६९ जिल्लाका गाँउ तथा नगरपालिकामा संचालनमा रहेका विद्यालयहरुको प्रारम्भिक मुल्यांकन पछि केन्द्रले ८४ विद्यालयहरुलाई शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयको मन्त्री स्तरको निर्णयबाट गत असार २७ गते छनौट गरिएको थियो । सरकारले आर्थिक बर्ष २०७३/७४ देखी ०७९/८० सम्म ५ बर्षको अवधीमा मुलुकभर १ हजार नुमना विद्यालय विकास गर्ने उद्धेश्य राखेको छ ।
जस अनुसार हालसम्म २ सय २२ विद्यालय छनौट भई गुरुयोजना सहित नमुना विद्यालय विकास क्रममा रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएकोछ । केन्द्रले नमुना विद्यालय विकास एवम् सञ्चालन निर्देशिका २०७४ (पहिलो संसोधन, २०७५) अनुसार आवश्यक तयारी गर्न सम्वन्धित विद्यालयलाई निर्देशन दिएको छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार