Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

मुख्यमन्त्री प्रदेश लिगको समूह ‘ग’ मा आज पनि २ खेल

मुख्यमन्त्री प्रदेश लिगको समूह ‘ग’ मा आज पनि २ खेल

  • सन्देश सम्वाददाता
  • बिहिबार, असार १९ २०७६


मुख्यमन्त्री प्रदेश लिगको समूह ‘ग’ मा आज पनि २ खेल

इलाम । प्रदेश नं एक को आयोजना भइरहेको मुख्यमन्त्री प्रदेश लिग फुटबल प्रतियोगिता २०७६ अन्तरगत इलाममा भइरहेको समूह ग मा आज २ खेल हुँदैछ । पहिलो खेल प्रगतिशिल युवा क्लब ताप्लेजुङ्ग र सैनिक युथ क्लब झापा विच हुने छ भने दोस्रो खेल रेड हर्स र सयपत्री युवा क्लब विच हुने छ ।
हिजो भएको उद्घाटन खेलमा सैनिक युथ क्लब झापा विजयी भएको छ । शैनिक युथ क्लब झापले पाँचथरको सयपत्री स्पोटिङ्ग क्लबलाई ३–१ ले हराएको हो । दोस्रो खेलमा इलामको रेड हर्स फुटबल क्लवले ताप्लेजुङको प्रगतिशिल युवा क्लबलाई ४–१ ले हराएको छ । विजेता दुवै टीमले ३÷३ अंक जोडेका छन ।
इलाममा भई रहेको खेल १ नं। प्रदेशको समूह ‘ग’ को खेल हो । समूह क को खेल उदयपुरमा र समूह ख को खेल धरानमा भई रहेको छ । १ नं प्रदेशका समूह विजविजेता र उपविजेता विच यहि २६ गते विराटनगरमा खेल हुने छ ।
विराटनगरमा भएको विजेता र उपविजेता विचको प्रतियोगीताको विजेतालाई राष्ट्रिय लिगमा सहभागी गराइने छ । प्रतियोगिताले खेलाडीहरुको उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको प्रतियोगिता आयोजक समितीको उपाध्यक्ष निरोज खड्गीले वताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार