Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माई नगरपालिकामा ४५ करोड ८६ लाख बजेट विनियोजन

माई नगरपालिकामा ४५ करोड ८६ लाख बजेट विनियोजन

  • बिमल दहाल
  • बुधबार, असार १८ २०७६


माई नगरपालिकामा ४५ करोड ८६ लाख बजेट विनियोजन

माई :  इलामको कान्छो नगरपालिका माई नगरपालिकामा ४५ करोड ८६ लाख ६३ हजार रुपैयाको आय ब्याय पारित गर्दै पाँचौ नगरसभा सम्पन्न भएको छ । सभाले चालुतर्फ रु १८ करोड ९५ लाख ५८ हजार अर्थात ४१‍‍.३३ प्रतिशत रकम र पुँजीगत तर्फ रु २६ करोड ९१ लाख ५ हजार अर्थात ५८.६७ प्रतिशत बजेट बिन्योजन गरिएको हो । नगर प्रमुख दिपक कुमार थेबेको अध्यक्षतामा सम्पन्न सभामा उपमेयर बिष्णुमाया रिमालले आर्थिक बर्ष ०७६/०७७ का लागि ४५ करोड ८६ लाख ३३ हजार सहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।
आम्दानी तर्फ आन्तरिक आम्दानी ३ करोड ८ लाख ८० हजार, अघिल्लो बर्षको अल्या बाट ४ करोड र जनसहभागिताबाट १ करोड गरी ८ करोड ८ लाख ८० हजार आन्तरीक राजश्व हुने गरी अनुमान गरिएको छ । अन्तर सरकारी बित्तय हस्तान्तरणका लागि शसर्त अनुदान १४ करोड ५६ लाख, बित्तिय समानीकरण १२ करोड ८ लाख र राजश्व वाँडफाँड बाट ९ करोड ७६ लाख आम्दानी गरिने गरि पारित गरेको छ ।
त्यस्तै प्रदेश सरकारको बित्तिय समानीकरणबाट ७२ लाख २ हजार , राजश्व बाँडफाँडबाट रु. ६५ लाख ८१ हजार प्राप्त भएको छ । चालु खर्च तर्फ आन्तरिक श्रोतबाट १ करोड ४० लाख ५७ हजार, राजश्व बाँडफाँडबाट ७ करोड ५५ लाख १ हजार र सशर्त अनुदानबाट रु १० करोड समेत गरी १८ करोड ९५ लाख ५८ हजार अर्थात ४१.३३ प्रतिशत बजेट खर्च बिनियाेजन गरिएको छ ।
पुँजीगत योजना तथा खर्चका लागि आन्तिरिक श्रोतबाट ६ करोड ६८ लाख २३ हजार, शसर्त अनुदानबाट ४ करोड ५६ लाख, समानीकरणबाट रु.१२ करोड ८० लाख २ हजार र राजश्व बाँडफाँडबाट २ करोड ८६ लाख ८० हजार समेत गरि २६ करोड ९१ लाख ५ हजार अर्थात ५८.६७ प्रतिशत बजेट खर्च बिवरण गरिएको छ ।
गत असार १० गते नीति तथा कार्यक्रम पारित गर्दे माई नगरपालिकाको सितलीमा शुरु भएको नगर सभा असार १६ गते आईतबार माई नगरपालिका वडा नम्बर ९ चिसापानीको सभाहलमा आर्थिक बर्ष २०७६⁄०७७ को बार्षिक बजेट पारित गर्दे सम्पन्न भएको थियो

प्रतिक्रिया
सम्बन्धित समाचार