Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चियाको राजधानीमा किसानको चित्कार ‘हाम्रो मेहनतमा हालीमुहाली ’

चियाको राजधानीमा किसानको चित्कार ‘हाम्रो मेहनतमा हालीमुहाली ’

  • सन्देश सम्वाददाता
  • सोमबार, असार १६ २०७६


चियाको राजधानीमा किसानको चित्कार ‘हाम्रो मेहनतमा हालीमुहाली ’

इलाम । असार १५ राष्ट्रिय धान दिवस अर्थात किसानहरुको दिन । कतै धान रोपेर दिवस मनाइरहँदा चियाको राजधानी इलामको सुर्योदय नगरपालिकाका किसानहरु भने साँझ धमाधम दिनभरको मेहनत सडकमा पोख्दै थिए । नगरपालिकाले एक बर्ष अघि नै चियाको मुल्य निर्धारण सम्वन्धी कार्यविधी २०७५ ल्याएको थियो तर त्यसको प्रभाव अहिले किसानहरुमा भरखरै पर्न सुरु ग¥यो । किसानहरुले उत्पादन गरेको हरियो चियापत्ती कार्यविधीले तोकेको मापदण्ड अनुसार नभएको भन्दै उद्योगले फर्काइदिएको थियो । साँझ परेपछि नगरका विभिन्न क्षेत्रका किसानहरुले दिनभरीको मेहनत मुटु मिचेर नगरपालिका जाने बाटोमा विच्छयाए ।
किसानले सिजन अनुसार उत्पादन भएको हरियोपत्तीको मुल्य उद्योगीबाट पाएकै थिए । नगरपालिकाले ल्याएको कार्यविधीले न्युनतम ४० रुपैया दिनै पर्ने वाध्यात्मक परिस्थिती उद्योगीहरु सामु राखिदियो । जसकारण गत १० गते नगरमा सुर्योदय टि प्रोडयुसर्स एसोसिएन मातहतका ५२ उद्योग बन्दको घोषणा ग¥यो । लगतै शनिवार नगरले एसोसिएसनलाई छलफलमा बोलायो । नगरपालिकाको पहलमा सूर्योदय टी प्रोडयसर्स एसोसीएसनका प्रतिनिधि, चिया उद्योगी, किसान र नगरपालिकाका प्रतिनिधि बिच आईतबारबाट उद्योग संचालन गर्ने सहमती भयो ।
सबै पक्ष वीच भएको सहमतीमा दुई पात एक सुईरो भएको चियाको मुना मात्र उद्योगीले नगरले तोकेको मुल्यमा खरिद गर्ने सहमती भयो । नगरले तोकेको प्रति किलो ४० रुपिैया दुईपात एक सुईरो मुना पत्तीलाई मात्र दिने सहमती भए संगै उद्योग संचालनको वातावरण बनेको थियो । तर १२ घण्टा नवित्दै एसोसिएसनसंग आवद्ध उद्योगले कार्यविधी पालनाका लागी केही किसानको पत्ती मापदण्ड अनुसार नभएको भन्दै फर्काइदियो । एकपछि अर्को गर्द किसानहरुले चिया ल्याएर नगरपालिका जाने बाटोमा विच्छयाइदिए । नगर अघिको कालोपत्रे सडक एकै छिनमा हरियो देखिन थाल्यो ।
सहमती किन गरियो ?
उद्योगीले कारखाना बन्द गरेको ३ दिन पछि नगरले गराएको छलफलमा उद्योगी र किसान नै सहभागी थिए । नगरले किसानलाई मार पर्ने गरी कुनै सहमती नगर्ने पटक पटक दोहो¥यायो । यद्यपी किसानका समस्या थिए भने उक्त छलफलमै बिषय उठान गरी अडान छोड्नै हुने थिएन । नगरले कार्यविधि बनाएर न्यूनतम ४० रुपैया प्रति केजी चियाको मुल्य तोक्नु किसानकै हितमा देखिन्छ । तर , यति हुँदा उद्योगीले उद्योग नै बन्द गर्ने वातावरण किन बन्यो ? नगरले कार्यविधि बनाउनु अघि उद्योगीले राम्रो चियाको मुना ४० रुपैया बढी मुल्यमा खरिद गरेको पाईन्छ । शनिबार भएको छलफल पछि गुणस्तरको चिया उक्त मुल्यमा लिने र गुणस्तर हिन चिया लिन बाध्य नहुने सहमती नै भएको छ । यसरी हेर्दा उपयुक्त नलागेको चिया खरिद नगर्नुमा उद्योगीको कुनै दोष छैन ।
किन फिर्ता भयो चिया ?
नगरसंगको सहमती भन्दा फरक चिया आए पछि उद्योगीले चिया फिर्ता गरेको बताएका छन । दुई पात एक सुईरो भएको मुना चिया लिने सहमती भए पनि उक्त चिया नआए पछि फिर्ता गरेको उद्योगीले बताएका छन । चियाको समस्या गर्न छलफल भइरहदा केहि उद्योगीले सहमतीकै बिरोध गरिरहेका थिए । सहमती नमान्ने भनि रहेका उद्योगीले किसानको राम्रो चिया फिर्ता गरेका हुन की मापन कसरी गर्ने , अनुगमन कस्ले कसरी गर्ने ? समस्या यहि छ चियाको मापदण्ड कसरी छुट्याउने ? सबै प्रष्ट हुन जरुरी छ ।
उद्योगी भन्छन ‘घाँस किनेर उद्योग चल्दैन’
चिया उद्योगीले अन्तराष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्ने गरिको चिया उत्पादन र बिक्री वितरण गर्न जस्तो पायो त्यस्तै चिया खरिद गरेर नहुँने बताउछन । मुल्य पाईन्छ भन्दैमा दुई पात एक सुईरो नभइ सबै झिक्रा बेच्न ल्याउने गरेको विगत लामो समय देखी उद्योगीहरुले गुनासो गर्दै आएका छन ।


किसान भन्छन ‘हाम्रो मेहनतमा हालीमुहाली ?’
चिया पोख्न आएका किसान राती अवेर सम्म नगरपालिका अगाडी थिए । अत्यान्तै आक्रोसीत किसानले २० रुपैया केजी चिया नदिने बोट फाडेर फयाक्ने बताए । उनीहरुले भने मेहनत सम्म आउदैन भने किन चिया बेच्नु । हातमा कलिलो पत्ती बोकेका किसान भन्दै थिए यस्तो चियामा कस्तो मापदण्ड पुगेन ? कस्तो चिया चाहिएको हो ? उनीहरुको एउटै आवाज थियो हाम्रो मेहनतमा दलालीहरु कहिले सम्म रजाई गर्छन । चिया किसान सुन्दर नेपालले अव मरे पनि न्याय नपाए सम्म आन्दोलन नरोक्ने बताए । किसानलाई समस्यामा पार्ने उद्योगी नभइ जनप्रतिनिधी रहेको उनको आरोप छ । ‘किसानले जुन हिसावले रोपेको छ त्यही हिसाबले बेच्न पाउनुपर्छ ।’ उनले भने ‘ उद्योगले यहि स्तरको चिया किनेकै थियो अहिले नगरपालिकाको कारण बाच्ने आधार गुम्ने खतरा भयो ।’
गल्ती गर्नेलाई कारवाही ः उपप्रमुख भट्टराई
सूर्योदय नगरपालिकाकी उपप्रमुख दुर्गादेवी भट्टराईले चिया क्षेत्रका समस्या समाधानमा नगरपालिका लागि परेको बताइन । उनले एक दिन अघि गरेको सहमती किन तोडीयो बुझेर कारवाही गर्ने बताइन । ‘ किसानले राम्रो चिया ल्याउदा ल्याउदै उद्योगीले चिया फिर्ता गरेको भए उद्योगीलाई र किसानले मापदण्ड बिपरितको चिया ल्याएको भए किसानलाई समेत कारवाही गरिन्छ ।’ उनले भनिन् । सोमबार बिहानै देखि समस्या समाधानमा लाग्ने उनले बताइन । उपप्रमुख भट्टराईले आफुहरु किसानकै पक्षमा रहेको बताइन ।
सूर्योदय नगरपालिका– १० का वडाध्यक्ष पेमा उगेन लामाले समेत चिया किसानको पक्षमै नगरपालिका रहेको तर नगरको मापदण्डको चिया किसानले पनि उत्पादन गर्नु पर्ने बताए । सरकारी तथ्यांकअनुसार इलाममा सरकारी र निजी गरी १६, झापामा ६९, धनकुटामा ६ ठूला उद्योग छन्। देशभर १ सय ८ ठूला चिया उद्योग र बगान रहेको नेपाल चिया तथा कफी विकास बोर्ड र केन्द्रीय तथ्यांक विभागको विवरणमा उल्लेख छ । तथ्यांकअनुसार देशभर ३० लाख ९५ हजार २ सय ८४ ले चिया क्षेत्रमा रोजगारी पाएका छन । तीमध्ये ३ हजार २ सय ४४ स्थायी श्रमिक छन भने बाँकी अस्थायी रूपमा काम गरिरहेका छन
। नेपालमा १ सय ८ ठूला चिया उद्योग छन । सुर्योदय नगरपालिकामा मात्र ६१ वटा चिया उद्योग संचालनमा रहेका छन । जसमध्ये ५२ उद्योग सुर्योदय टि एसोसिएसनसंग आवद्ध छन् । नेपालबाट बर्सेनि सवा २ अर्बभन्दा बढीको तयारी चिया निकासी हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार